• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रबि लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता




आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरेले कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दर्ता गराउनुभएको छ ।

सम्झनाले प्रहरी परिसर काठमाडौंमा आफ्नो श्रीमानको आत्महत्यामा तीनैजना दोषी रहेको दाबी गर्दे अनुसन्धानका लागि जाहेरी दिनुभएको हो ।

आइतबारै परिसरले उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी थालिसकेको छ।

बिहीबार नै चितवन प्रहरीले रविसहित तीनै जनालाई अनुसन्धानकालागिभन्दै अदालतबाट अनुमती लिएर पाँच दिनका निम्ति थुनामा राखेको छ।

रविका सर्मथकहरुले भने उनलाई फसाउन खोजिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि निरन्तर प्रर्दशन गर्दै आइरहेका छन्।

Facebook Comments