• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा चट्याङ लाग्दा ९ जना गम्भीर घाइते




रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ८ विप्पे लेखमा चट्यांङ लागेर ९ जना गम्भिर घाईते भएका छन् ।

आइतबार दिउसो करिव ३ बजे तिर परेको चट्याङले वडा नं ८ विप्पे लेखकी कौशिला ओली¸ शशिला बुढाथोकि¸ रत्नकला बुढाथोकी¸ वडा नं १० चिन्तुकी पानसरी डाँगी¸ वडा नं ८ घारीखोलाकी कमारी बुढाथोकी गम्भीर घाइते भएका छन् भने वडा नं ८ विप्पेकै झुपलाल बुढाथोकी¸ गोबर्धन ओली गंगी ओली सामान्य घाइते भएका छन्

रोलखोला लघुजलविद्युतको विद्युत प्रशारण लाइनमा चट्याङ परेपछी घरमा बसीरहेकाहरुलाई विद्युतिय करेन्ट प्रशारण भएर घाइते भएको बुझिएको छ ।

गम्भीर घइते हुनेहरु सबै बेहोस अबस्थामा रहेकाले उपचारको लागि चौरजहारी अस्पत्तालमा लगिएको छ ।

यसैबीच सानीभेरी ८ घारीखोला लामाडाँडाका विरेन्द्र बुढाथोकीको १ ओटा बाख्रा समेत मरेको छ ।

रोलखोला लघुजलविद्युतको विद्युत प्रशारण लाइनमा जोडिएका अधिकांश घरहरुका विद्युत तार बल्ब तथा विद्युति सामाग्रीहरु जले नष्ट भएका छन् ।

Facebook Comments