• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका दुइ जिल्ला इञ्चार्जसहित छ पक्राउ




प्रदेश १ का विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा प्रतिबन्धित नेकपाका ६ जना नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालय सहित अन्य स्थानमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा आइतबार एकैपटक ठूलो संख्यामा प्रहरीले विप्लव कार्यकर्ता पक्राउ गरेको हो ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक २४ वर्षीय गणेश कार्की छन् । उनीहरु सबै ताप्लेजुङ स्थायी ठेगाना भएका हुन् ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार उनीहरूलाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरिएको हो ।

यस्तै प्रहरीले साउन ३० गते अर्जुनधारा नगरपालिका–३ बस्ने ५० वर्षीय प्रेम चापागाईँलाई पक्राउ गरेको थियो । चापागाईँ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

Facebook Comments