• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजवादी पार्टी रुकुमपश्चिमको अध्यक्ष पर्शाराम




समाजवादी पार्टी रुकुम(पश्चिम)ले नयाँ नेतृत्व चयन गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल जिल्ला समन्वय समिति रुकुम (पश्चिम)को शनिबार पार्टी एकता गरिएको हो । शनिवार सदरमुकाम खलंगामा समपन्न एकता सभाले पर्शाराम केसीको नेतृत्वमा ४९ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ ।

दुवै पार्टीको संयुक्त भेलाले अध्यक्षमा पर्शाराम केसीलाई सर्वसहमत चयन गरिएको हो ।

उपाध्यक्षमा ताराकुमारी पुन, जगत चन्द र रोम पुन मगर तीन जना रहनुभएको छ । त्यसैगरी सचिवमा लोकमान पुन, सह–सचिवमा ललित परियार जिम्मेवारी दिएकोमा कोषाध्यक्षमा नबिन घर्ती रहनुभएको छ ।

अध्यक्ष केसी, उपाध्यक्ष ताराकुमारी पुन र कोषाध्यक्ष घर्ती पूर्व नयाँ शक्ति पार्टीका हुनुहुन्छ भने बाँकी दुई उपाध्यक्ष र सचिव, सहसचिव पूर्व संघीय समाजबादी फोरमका हुनुहुन्छ ।

पूर्व नयाँ शक्तिबाट ३६ जना र पूर्व संघीय समाजवादी फोरमबाट १३ जना गरी जम्ममा ४९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको समाजवादी पार्टी नेपाल कर्णाली प्रदेश कमिटीका सचिव अमर ओलीले जानकारी दिनुभयो ।

बैशाख २३ गते नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपाल बिच काठमाण्डौँमा पार्टी एकताको घोषणा भएपश्चात आषाढ २४÷२५ गते कर्णाली प्रदेशको पार्टी एकीकरण कार्यक्रम समपन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवंम पार्टीका केन्द्रिय सदस्य शरुण बाँठा मगरले दुवै पार्टी एकताको प्रक्रियालाई सबै तहमा समायोजन गर्दै बलियो वैकल्पिक शक्ति निर्माण गर्ने भनाइ राख्नुभयोे । आगामी निर्वाचनमा देशको पहिलो राजनितिक शक्ति निर्माण गर्ने गरी राजनितिक र सांगठिक काम गर्न निर्देशन समेत बाँठाले दिनुभयो ।

Facebook Comments