• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मौसममा सुधार आएसँगै राष्ट्रियसभाका अध्यक्ष पोखरा प्रस्थान




राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुकुमकोटबाट पोखरा प्रस्थान गर्नुभएको छ ।

शुक्रबार बाग्लुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण जिल्लाको भूमे गाउँपालिका–६, स्थित आधारभूत विद्यालय रिसालचौरमा दिउँसो साढे १ बजे अवतरण गरेको थियो । शुक्रबार बिहान बाग्लुङको ढोरपाटनमा ढोरपाटन महोत्सव उद्घाटन गर्न आउनुभएका तिमिल्सिना दिउँसो पोखरा फर्कन थाल्नु भएको थियो ।

हिजो साँझ साढे ४ बजे केही मौसम सुधार आएकोले उक्त विद्यालयबाट राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना सहितको पाँच टोली रुकुमकोट ल्याइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयोे ।

शुक्रवार रुकुमकोटमै बासबस्नु भएका राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना सहितको टोली आज दिउँसो पोने २ बजे पोखरा तर्फ प्रस्थान गर्नुभएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाध्यक्ष सहित गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत, बागलुङ ढोरपाटन नगरपालिकाका प्रमुख लगायत ५ जना रहेको बताइएको छ ।

५ नम्बर प्रदेशसभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोवर्धन बुढा लगायत विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिले उहाँको स्वागत तथा भेटवार्ता गर्नुभएको थियो ।

Facebook Comments