• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा कार्यालयले गर्यो वार्षिक समिक्षा कार्यक्रम




रुकुम(पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ३ ले आर्थिक वर्ष २०७५/ ०७६ को बजेट तथा योजना र वडा कार्यालयबाट दिइने सेवा प्रबाह सम्बन्धि वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश र सानीभेरी गाउँपालिकाबाट विनियोजित जम्मा रु १ करोड ३२ लाख १९ हजार रकम वडाका ३० वटा उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको थियो । योजना सम्पन्न गर्दा भएका समस्या¸ चुनौती¸ गुनासो आदिको बारेमा सबै उपभोक्ता समितिका पदाधिकारीहरुले रिपोर्ट राखेका थिए ।

उपभोक्ता समितिका पदाधिकारि हरुले योजना सम्पन्न गर्दा केहि ठाउँमा सामान्य विवाद भएता पनि अधिकांश योजनाहरु उत्कृष्ठ ढंगले सम्पन्न भएको बताए ।

त्यस्तै वडा सचिव अर्जुन ओलीले वडा कार्यालयबाट दिइएका सेवा प्रवाह तथा वडा कार्यालयबाट उठाइएको आन्तरिक राजस्वको विवरण लिखित रिपोर्ट बनाई कार्यक्रमा पेश गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी तथा अतिथिहरुले वडा कार्यलयले देखाउनु पर्ने पारदर्शिता र सकृयता तथा उपभोक्ता समिति र सेवा ग्राहीले गर्नुपर्ने कार्य सम्बन्धी थुप्रै सल्लाह सुझाब पेश गरेका थिए । सेवा ग्राहीका सुझाब तथा गुनासाहरु पनि कार्यक्रमा पेश गरिएका थिए ।

सानिभेरी गाउँपालिका वडा नं ३ पेदिमा भएको वार्षिक समिक्षा कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष विर्ख बहादुर विष्टले गर्नुभएको थियो भने प्रमुख आथित्यता जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का सदस्य धनबिर ओलीको रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरु¸गाउँकार्यपालिका सदस्यहरु¸राजनैतिक दलका प्रतिनिधिहरु¸ उपभोक्ता समितिका पदाधिकारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Facebook Comments