मौसम प्रतीकूलताका कारण राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ ।
बाग्लुङ ढोरपाटन देखि पोखरा जाने क्रममा सभाध्यक्ष तिमल्सीना आउनुभएको हेलिकप्टर मौसम प्रतीकूलताले हेलिकप्टर भूमे ६ आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।
एक्कासी मौसममा आएको प्रतीकूलताको कारणले हेलिकप्टर उक्त विद्यालयको प्राङ्गणमा दिउसो १ः३० बजेमा अवतरण गरिएको प्रजिअ शर्माले बताउनुभयो ।
‘मौसममा सुधार नआएका कारण हेलिकप्टर विद्यालयमै रहेको छ’ शर्माले भन्नुभयो, ‘मौसम सुधार आयो भने उडान हुने र यदि सुधार नआएमा केहि उपाय सोचिराखेको छु ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।