दाङको राजपुर गाउँपालिका वडा नं. ३ बेलाका १७ वर्षीय सिमोन परियार अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारत छन् ।
कक्षा ९ पास गरेर १० कक्षामा अध्ययन गर्दै गरेका सिमोन गत वर्षदेखि शारीरिकरुपमा कमजोर हुँदै गए । किन यस्तो भयो भनेर उपचार गर्दा रगत कम भएको देखियो । यसको कारण खोजी गदौ दुईवटै किड्नी खराबभ एको पाइएको छ ।
प्रतिष्ठानमा डाइलासिसका लागि आएका सिमोन परियार भन्छन् –‘आमा म सानो छँदा नै वित्नुभयो । अहिले साथमा कान्छी आमा हुनुहुन्छ । बुवाको पनि फोक्सोको अप्रेशन गरेकोले काम गर्न सक्नुहुन्न । घरमा सम्पत्ति भनेको केही छैन । मृगौला फेर्नका लागि धेरै रकम लाग्छ । त्यति धेरै रकम मेरो बुवासँग छैन । बाँच्ने आशा त लाग्छ तर बाँच्नको लागि कुनै उपाय छैन ।’
बुवा डिल्लीबहादुर परियार पनि ४४ वर्ष पुगिसकेका छन् । हातमा सीप भनेको केही छैन् । छोराको उपचारका लागि आएका परियार भन्छन्– ‘किड्नी फेर्ने पैसा धेरै लाग्छ रे । मसँग छोराको दुईवटा किड्नी फेर्न सक्ने क्षमता छैन् । गाउँमा कतै एक दुई हजार ऋण माग्दा पनि बरु एक दुइ छाक खाना दिन्छु ऋण छैन भन्छन् ।’
हातमा सीप केहि छैन् । लेबर काम गर्ने हो, त्यही पनि आजभोलि पाइदैन । ‘छोरालाई भेट्नको लागि लमहीबाट घोराही आउन भाडाको कारणले रोकिएको थिएँ । हिजो एक व्यक्तिले एक हजार दिएपछि मात्र आज घोराही आएको छु’– उनले भने ।
उनी पनि फोक्सोको अप्रेशन गरेकोले त्यति कडा काम गर्न सक्दैन । ‘जेठी श्रीमतीबाटको एउटै मात्र छोराहो । छोराले पढेर केही गर्ला भन्ने ठूलो आशा बोकेको थिएँ । आशा गरेर मात्रै हुदोरहेनछ । अहिले छोराको किड्ने फेर्न सक्ने त कहाँ हो कहाँ ? हप्तामा दुईपटक डाइलासिस गर्नुपर्छ, एकपटकको करिब ४÷५ हजार लाग्छ जुटाउन सक्ने अवस्थामा छैन’– उनले पीडा पोखे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।