पुख्र्याैली देखि ग्रामिण वेगमा बहुउपयोगी गरिदैँ आएको निगालो जुन जन्म देखि मरण सम्ममा आवश्यक पर्ने गर्दछ ।
पौराणिक कलात्मक निगालोबाट निर्माण गरिएका सामाग्री ग्रामिण बस्तीहरुमा बहुप्रयोग गर्दै आएको पाइन्छ ।
पुख्र्याैलीबाट कलात्मक प्रस्तुतीबाट बहुप्रयोग गर्दै क्रमश पुस्तान्तरण गरी अहिले सम्ममा प्रयोगमा रहेका छन् । पहिलेको भन्दा अहिले निगालोका विरुवा धेरै नै कमी भएको स्थानीयले बताएका छन् । विरुवाको कमीसँग–सँगै यसबाट निर्माण गर्ने सिप पनि हराउदै गएको छ ।
जब मान्छेको जन्म हुन्छ त्यहि दिन देखि नै उसलाई बोक्ने डोको र सुताउने ग्रामिणका बेत भनेको नै कोर्काे हो । डोको र कोर्काेबाट नै एक व्यक्तिले प्रयोगको शुरुवाती हुन्छ, निगालो । त्यसपछि मान्छेको शारीरीक वृद्धि विकास हुँदै जान्छ त्यसै अनुसार नै निगालोको प्रयोग तथा आवश्यक पर्दै जान्छ र प्रयोग हुन्छ ।
सानो मान्छे (बालक)ले निगालोबाट स–साना सामाग्री निर्माण गर्दै प्रयोग गर्दछ । डोकोको सानो रुप जसलाई स्थानीयले (लाम्झा) नाम भन्ने गर्दछन् । लाम्झा निर्माण गरेर त्यसमा सिस्नु, आलु, सागसात जस्ता टिप्नबाट प्रयोग गर्दछ । बालकबाट वयस्क हुँदैहुँदै जान्छ त्यसपछि निगालोको बहुप्रयोग गर्ने आवश्यक पर्दै जान्छ ।
त्ससपछि प्रत्येक जन्मेको अवश्य पनि उसको परिवार हुन्छ । परिवार भइसकेपछि उसलाई वासस्थानको लागि घर निर्माण गर्नु पर्दछ । गाउँमा घर दुई किसिमको हुन्छ खरको र ढुङ्गाको, तर अहिले सडक पुगेको हुनाले टिन (जस्तापाता)ले पनि छाउने गरेका छन् ।
जस्तापाताका घर छाउनुको लागि त्यति आवश्यक पर्दैन तर, खर र ढुङ्गाले छाउनेमा निगालोको अधिक प्रयोग हुन्छ । विभिन्न काठलाई बाँड्ने गरिन्छ । पानीमा परेन भने लामो समय सम्म केहि हुँदैन ।
त्यसैगरी पशुचौपाय पालन, जग्गा घेरबार जस्ता दैनिकीय कामकाजमा अधिक प्रयोग हुन्छ ।
पशुपालनका लागि गोठ निर्माण पशुचौपायबाट अन्नबाली सुरक्षा गर्नुका लागि छेकबारमा निगालोले बाँड्ने गरिन्छ । घाँसदाउरा, स्याउलासोतरका लागि साना देखि ठूला डोको, कुखुरा राख्ने निर्माण गरिएको चिर्ङा, अन्न सुकाउने, मान्द्रोबाट गोठ, ओछ्याउने, प्रत्येकको घरमा चुलो माथि राख्ने निगालोबाट नै बनाइएको हुन्छ जसलाई स्थानीयलाई बार भन्ने गर्दछन् ।
यी हुन् एक घरमा नभइ नहुने सामाग्री । त्यसैगरी संस्कार÷संस्कृतिसँग पनि जोडिएको पनि छ । हरेक काममा निगालोको प्रयोग हुदै आउको छ । विभिन्न पातपूजा गर्दा धजो बाँध्ने, पशुचौपायलाई गोठ भित्र राख्दाको दिन र बाहिर निकाल्दाको दिनमा अनिवार्य रुपमा निगालोको दाम्लोले बाँध्नु पर्ने परम्परागत मान्यता रहेको भूमे २ गाबाङका कर्मजित बुढाले बताउनुभयो ।
‘दैनिकीय आवश्यक पर्ने नून, खुर्सानी, पिठो देखि लिएर अरु साना–साना चिजलाई राख्न र सुरक्षित गर्नुको निम्ति विभिन्न खाले निगालोबाट सामाग्री निर्माण गरेर प्रयोग गरिन्थ्यो’ उहाँले भन्नुभयो, ‘तर, अहिले बजारबाट विभिन्न सामाग्री भित्रीको कारणले गर्दा यसको निर्माण कार्य कम भएको छ ।’
अहिले नयाँ आकृतिका भने पाउने कम भएको छ पहिलेका निर्माण गरिएका आकृतिका सामाग्री पाइन्छ । निगालो किसानी जीवनका लागि बहुउपयोगी र आवश्यक भएकोले भूमे १ लुकुम र २ काँक्रीले सामुदायिक वन समितिले बन्द गरेर संरक्षण गरेको छ ।
यहाँ मात्र होइन अरु गाउँकाले पनि यसको संरक्षणमा लागेका छन् । बन्द गरीएको क्षेत्रमा वर्षको एक पटक फुकुवा गर्ने गरिएको बताइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।