• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा शुरु भयो अर्गानिक उत्पादन, परीक्षण नहुँदा मूल्य भने एउटै




घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने रामपुरको बुका गाउँमा अर्गानिक उत्पादन शुरु गरिएको छ ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा गत बर्षको भदौदेखि अर्गानिक पकेट क्षेत्र निर्माणको योजना शुरु भएको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ÷एसजिपीको केही सहयोग गरेको छ ।

पहिलो चरणमा एक सय १३ घर किसानले काँक्रा खेती गरेको र पहिलो लटमा ४ लाख ५२ हजारको काँक्रा विक्री गरेको पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो । जसका लागि एक सय १३ प्याकेट काँक्राका बीउ वितरण गरिएको थियो ।

किसानहरुले रसायनिक मल र रसायनिक बिषादी प्रयोग गर्न छाडेका छन् । त्यसको साटो जैबिक मल र जैबिक बिषादि प्रयोग गरेर अर्गानिक उत्पादन थालिएको स्थानीयहरुले बताएका छन् ।

किसानले निकै ठूलो जोखिम मोलेर अर्गानिक उत्पादन गरे पनि बिषादी परीक्षणको ब्यवस्था नहुँदा मूल्यमा भिन्नता आउन नसकेको स्थानीय अगुवा कमल पोख्रेलले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले जतिसक्दो चाँडो बिषादी परीक्षण प्रयोगशाला स्थापना गरी अर्गानिक उत्पादन प्रमाणित गरेर छुट्टै मूल्य निर्धारण गर्न सके अर्गानिक उत्पादन दिगो रहने उहाँले बताउनुभयो ।

यसैबीच पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालले फूलगोभी र बन्दागोभीको बीउ वितरण गरेको छ ।

ब्यवसायिक तरकारी खेती गर्ने तीस घर किसानसहित घरमा खानसमेत ५० पोका फूलगोभी र ६० पोका बन्दा गोभीको बीउ वितरण गरिएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।

४० हजार ४ सय ५० मूल्यको कूल १ सय १० पोका बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments