• २५ कार्तिक २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘हातमा घडी कम्पनी तीन तोला’ गीतको भिडियो सार्वजनिक




केहिदिन अघिमात्रै प्रशिद्ध कलाकार मनकृष्ण श्रेष्ठको स्वरमा ‘रानीखाेलापरेपछि’ गीत सार्वजनिक गरिएका गीतकार रमेश दहालको सुन्दर शब्दमा युवा पुस्ताका प्रशिद्ध गायक सन्जिब पराजुलीको नयाँ गीत ‘हातमा घडी ठिक्क पर्यो’ भिडियो सहित सार्वजनिक भएको छ ।

‘नाइँ मलाई थाहा छैन’, किन कर्के – कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ जस्ता गीतहरुले करोडौं दर्शक श्रोताको मन पहिले नै जित्न सफल भैंसकेको भर्सटायल गायक सन्जिब पराजुलीको यस गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

गीत लेखनमा छुट्टै स्थान बनाएका गीतकार रमेश दहालले यस गीतमा शब्दहरुको रमाइलो संयोजन गरेका छन् भने मीठो संगीतराजनराज शिवाकोटीको रहेको छ ।

गीतमा गायकले माया प्रेमको कुरा गर्दैगर्दा गायिकाले ‘ठिक्क पर्यो’, ‘ठिक्क पर्यो’ भनेकी छन् । गायिका टिका प्रसाईको स्वरले गीतलाई अझ गजव बनाएको छ । जसलाई भिडियोमा प्रदिप बास्तोला र अलिशा शर्माको जोडदार अभिनयमा प्रस्तुत गरिएको छ साथै गीतमा गायक-गायिकाको पनि अभिनय देख्न सकिन्छ ।

शान थापाको निर्देशनमा तयार यस रोमान्चक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने सम्पादन र कलरिंग सुप्रिम पराजुलीको रहेको छ ।भिडियो हेर्न तल लिङ्कमा जानुपर्छ ।

Facebook Comments