• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा श्रीखण्ड रोपेर मनाइयो सामुदायिक वन दिवस




“सामुदायिक वनमा नवितम सोच,उत्पादन, उद्यम र समृद्धिमा जोड” भन्ने मूल नाराका साथ आज शनिवार दाङमा बिबिध कार्यक्रम गरी चौथो सामुदायिक वन दिवस मनाइएको छ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १८ स्थित बसन्त हरियाली सामुदायिक वन क्षेत्रको खाली जग्गामा श्रीखण्ड रोपण गरेको छ भने वन महासंघले जिल्लाका सवै स्थानीय तहमा कार्यक्रम गरी सामुदायिक वन दिवस मनाएको जनाएका छन ।

डिभिजन वन कार्यालय दाङको आयोजनामा बसन्त हरियाली सामुदायिक वन क्षेत्रमा भएको कार्यक्रममा सहभागि सवैले एक एक वटा बिरुवा एकै समय रोपेर कार्यक्रम शुभारम्भ गरिएको थियो । तीन बर्ष अघी ४ हजार पाँच सय श्रीखण्ड रोपेर श्रीखण्डको प्लट गराउन थालनी गरिएको खाली क्षेत्रमा आज पनि एक सय बढी श्रीखण्डको बिरुवा रोपिएको छ । बृक्षरोपणपछि आयोजित कार्यक्रममा निजी वनमा उत्कृट काम गर्नेलाई सम्मान र पुरस्कार बितरण समेत गरिएको थियो ।

बसन्त हरियाली सामुदायिक वन समूहका अध्यक्ष रामबहादुर घर्तिको सभापतित्व एं डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बसन्त हरियाली वन क्षेत्रमा श्रीखण्डको बिरुवाको नमुना क्षेत्र बनाउनु पर्नेमा जोड दिएका छन ।

सवैको साझा प्रयासबाट दाङमा थप हरियाली प्रवद्र्धनको अभियान थाल्नु पर्नेमा जोड दिदै कार्यक्रमका बक्ताहरुले वन तथा वातावरणको बिकासकालागि स्थानीय तहले कार्यक्रम बनाएर अघी बढ्नु पर्नेमा जोड दिएका छन । कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन अधिकृत ज्ञवालीले दाङको उत्तरी क्षेत्रमा जडिबुटी खेती गरी सामुदायिक वन र नीजि वनको नमुना क्षेत्र बनाउन सकिने सम्भावना रहेको भन्दै कार्यालयले अव योजना बनाएर त्यस दिशातर्फ लाग्ने बताउनुभयो ।

कार्यक्रमका अर्का बक्ता सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले वन जोगाएर दाङलाई मरभूमिबाट बचाउनका लागि आफूहरुले वन कार्यालय र स्थानीय सरकारसँग समन्वय गरी अभियान नै थाल्ने प्रतिवद्धता जनाउनुभयो ।

सो कार्यक्रममा डिभिजन वन कार्यालय दाङले वन तथा वातावरणको बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै दाङका बिभिन्न ब्यक्ति र संस्थालाई सम्मान एंव पुरस्कृत गरेको छ । डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नु भएको हो । कार्यालयले नदी उकास, सार्वजनिक र निजी जग्गामा बृहत्तर बृक्षरोपण गर्ने अभियान अन्र्तगत नदी उकास जग्गामा बृक्षरोपण, सडक किनार रोपण र नीति वन बिस्तारमा आमसञ्चार माध्यमबाट जनचेतना जगाउन र प्रचारप्रसार महत्पूर्ण योगदान गरेको भन्दै पत्रकार हेमराज शर्मालाई सम्मान गरिएको छ ।

डिभिजन वन कार्यालयले नीजी वन बिस्तारमा बिरुवा बितरण र स्थलगत सहजिकरण गर्ने प्रतिमा तिमल्सिना र कुसुम गौतमलाई पनि सम्मान पनि गरेको छ ।

यसैगरी निजी वन बनाउनेहरु तर्फ प्रथम हुने घोराही ११ हापुर शिवपुरका मणिभद्र गौतमलाई २५ हजार नगद, द्धितिय हुने घोराही १३ की बिजुलीदेवि गिरीलाई २३ हजार, तृतीय हुने घोराही १५ की गायत्री नेपालीलाई २१ हजार, चौथो हुने तुल्सीपुर ५ का नविन्द्र बुढाथोकीलाई १९ हजार र पाँचौ हुने तुल्सीपुर १५ का बेझुलाल चौधरीलाई १७ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी बृक्षरोपणमा योगदान गर्ने घोराहीमा रहेका स्यालुट गोर्खा, ब्रेभ गोर्खा र लोटर ट्रेनिङ सेन्टर दाङलाई पनि सम्मान गरिएको छ । कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत भक्तबहादुर चौधरीले गर्नु भएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघले दाङका सवै स्थानीय तहमा कार्यक्रम गरी वन दिवस मनायो

यसैगरी सामुदायिक वन दिवसमा अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले दाङका १० वटै स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङको आह्वानमा जिल्लाका १० वटै स्थानीय महासंघले छुटट्टाछुट्टै कार्यक्रम गरी वन दिवस मनाएका छन । सामुदायिक वन उपभोक्ता महासंघ घोराहीको आयोजनामा घोराही ७ स्थित जन सामुदायिक वनको खाली क्षेत्रमा साढे ५ सय बिरुवा रोपेर सामुदायिक वन दिवस मनाइएको छ ।

अमला, सिसौ, बकाइने र टिक प्रजातीका बिरुवा रोपिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकीको सभापतित्व एंव वन महासंघ दाङका सचिव जानका केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य छन्दबहादुर केसी, स्थानीय रामचरण चौधरी, ऋषिराम चौधरी, डिल्लि जि एम, अम्विका केसी शेरबहादुर चौधरी, यमबहादुर बुढाथोकी निर्मला चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

यसैगरी तुल्सीपुर, दंगीशरण, बबइ, शान्तिनगर, बंगलाचुली, राजपुर, गढवा, राप्ती र लमही नगर स्तरीय वन महासंघका समितिलेहरुले स्थानीय सरोकारबालाहरुको समन्वयमा बिबिध कार्यक्रम गरी वन दिवस मनाएको सामुदायिक वन उपभोक्ता महासंघ दाङले जानकारी दिएको छ ।
https://i.ytimg.com/vi/t4oETykuUuo/hqdefault.jpg?sqp=-oaymwEZCPYBEIoBSFXyq4qpAwsIARUAAIhCGAFwAQ==&rs=AOn4CLArB1zsipLh-MZqb9EraTb6DWdnqw

Facebook Comments