• २ आश्विन २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट ९ मा सामूहिक तरकारी खेतीको शुरुवात




रुकुपश्चिमको मुसिकोट नगरपालिका वडा न ९ मा रहेको जनचेतना कृषि समूहका पाँच जना व्यक्तिहरु मिलेर सामूहिक तरकारी खेती शुरु गरेका छन् ।

मोहनबहादुर ओली, देबिलाल ओली, मोहन ओली, पदमबहादुर खड्का र भीमबहादुर चन्दले सामूहिक खेती शुरु गर्नुभएको हो ।

लिंगुरडाँडामा रहेको मोहनबहादुर ओलीको करिब ६ रोपनी जग्गा बार्षक १० हजार भाडामा लिएर सामूहिक तरकारी खेती शुरु गरिएको छ ।

समूहले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत १५ वटा टनेल र आवश्यक बिषादी सहयोग पाएको छ । त्यस्तै टनेल बिस्तार गर्नको लागि आबश्यक पर्ने बाँसको व्यबस्था वडा कार्यालयले गरेको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

हाल १९ वटा टनेलमा टमाटर र बाहिर काक्रा, भिन्डी तथा तितेकरेलाको खेती गरिएको छ । २५ जना सदस्य रहेको उक्त जनचेतना कृषि समूहका पाँच जनाले मात्र व्यक्तिगत लगानी गरेर सामुहिक तरकारी खेतिको सुरुवात गरेका हुन् ।

अब आउदो हिउँदमा लिंगुरडाँडामा रहेको करिब ६०÷७० रोपनी जग्गालाइ लिजमा लिएर सदस्य संख्या बढाएर व्यावसायिक रुपमा सामूहिक खेती गर्ने र पूरै गाउँलाई सामुहिक भावनामा जागरुक बनाउले लक्ष्य रहेको समूहका अध्यक्ष मोहनबहादुर ओलीले बताउनुभयो ।

आगामी दिनमा सो कृषि समूहलाई नमूनाको रुपमा विकास गरी सहकारीमा आबद्ध बनाएर आवश्यक पर्ने सामाग्री सहकारी वा वडा कार्यालयमार्फत उपलब्ध गराइ सहकारी नमुना गाउँको एउटा उदाहरनिय व्यबसायको रुपमा बिकास गर्ने वडा अध्यक्ष ओलीले बताउनुभयो ।

Facebook Comments