• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्विकेश्वरी क्याम्पसको छलाङः बिसिएमा प्रतिशत विद्यार्थी उतीर्ण




घोराही–१५ स्थित अम्विकेश्वरी क्याम्पसमा अध्यनरत विद्यार्थी सत प्रतिशत उर्तिण भएका छन् । क्याम्पसमा सञ्चालीत विसिए (ब्याच्लर इन कम्प्युटर एप्लीकेशन) विषयको पहिलो सेमेष्टरको परिक्षामा सतमा सत प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका हुन् ।

क्याम्पसले गत वर्षदेखि शुरु गरेको कम्युटर प्राविधिक तर्फको शिक्षा विसिएमा अध्यनरत पहिलो ब्याचका कुल २५ जना विद्यार्थी उतिर्ण भएका छन् ।

पहिलो सेमेस्टरको परिक्षमा राम्रो नतिजा ल्याउँदै सबै विद्यार्थी उतीर्ण भएको क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विसीए विषयमा राम्रो ग्रेड ल्याएर उर्तिण हुने सबै विद्यार्थीहरुलाई क्याम्पसले बधाई एवं शुभकामना व्यक्त गरको छ ।

विज्ञान प्रविधिसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालीत क्याम्पसमा अहिले विएस्सी सिएस आईटी, विसीए र यसै वर्ष देखि विआइएम अध्यापन भईरहेको छ ।

Facebook Comments