चुन ढुंगा उत्खननका विरुद्धमा बङलाचुली गाउपालिका ६ तिमिलेका स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएका छ्न ।
चुनढुङा उत्खनन रोक्का संघर्स समितिको नेतृत्वमा उक्त ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले यो विषयमा सिमेन्ट उद्योग र गाउपालिकासँग कुरा गर्ने कुरा बताउनुभयो ।
ज्ञापनपत्रमा चुन ढुंगा उत्खनन तयारी भएको खबरले स्थानीय जनता स्तब्ध भएको र यसरी उत्खनन भयो भने तिमिले मात्र होइन दाङको उत्तरतर्फ ‘वाटर बैंक’को रुपमा रहेको महाभार पहाड खलबलिने, पानीका मुहान सुक्ने, पन बिनास हुने तथा जिल्ला नै सुक्खा बन्ने खतरा रहेको औल्याइएको छ ।
ज्ञापनपत्र बुझाउनुअघि गाउमा स्थानीयहरुको बृहत भेला गरिएको थियो । चुनढुङ्गा उत्खनन हुन नदिनको लागि स्थानीयवासीले निर्णयसमेत गरेका छन् । त्यसको प्रतिलिपी पनि प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ ।
ज्ञापनपत्रमा संघर्ष समितिका अध्यक्ष सोभाराम ओली र सचिब बुद्धिराम खत्रीको हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुझाउदा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, सदस्य खडानन्द खनाल र अखिल छैठौं का जिल्ला सदस्य लक्ष्मण बिकलगायतको पनि सहभागिता थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।