नेपाल कम्युनिस्ट पार्टी नेकपा लमही नगर किमिटीले लमही-काेइलावास हुलाकी सडक अन्तरगत मुअाब्जाकाे बिषयमा सेम्रहवा बासिले राखेकाे माग प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा लमही नगरकमिटि कार्यालयकाे मंगलबार बसेकाे बैठकले सेम्रहवाका नागरिकले मुअाब्जा वाफत निर्धारण गरिएको मूल्य निकै कम भएको भन्दै थालेकाे अान्दोलन र माग प्रति एक्यवद्धता जनाउने निर्णय गरेकाे पार्टी सचिव बिक्रान्त शर्मा बसन्तले जानकारी दिनु भएको छ ।
यस्तै बैठकले मुअाब्जाकाे मुल्य पुनः मुल्यांकनकाे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाउने निर्णय गरेकाे छ ।
नगर कमिटीका सचिव बसन्त शर्मा विक्रान्तकाे अध्यक्षतामा लमही कार्यालयकाे बैठकमा इञ्चार्ज अम्मर कवर(नवीन), सह-इञ्चार्ज नारायण छम्पाली, जिल्ला सदस्य बिरबहादुर केसी, धुपनारायण चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।