सरकारले वार्ताको प्रयासलाई गम्भीरपतापूर्वक नलिउको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आरोप लगाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज विज्ञप्तिमार्फत वार्तालाई गम्भीरतापूर्वक नलिएको बताउनुभएको हो ।
वार्ताको बिषयलाई गम्भीरतापूर्वक नलिइएको, औपचारिक पहल पनि नगरउको र वार्ताबिरोधी भनेर प्रचार गरिएको भन्दै विरोध जनाइएको छ । साथै पार्टीभित्र वार्तापक्षधर र विरोध दुइ पक्ष नभएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले साउन १५ गते एनसेलविरुद्ध देशब्यापी कारवाही गरिएको जनाउँदै आफ्नो गल्ती नसच्याए देश निकाला गर्न जनतासमपक्ष अपिल गरिने विज्ञप्तिमा उल्लेख छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।