त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस पद्योदय क्याम्पस घोराहीलाई प्रभावकारीरुपमा सञ्चालन गर्न पहल शुरु गरिएको छ ।
यो क्याम्पस विज्ञान कक्षा सञ्चालन गर्ने प्रदेशकै एक मात्र सामुदायिक क्याम्पस भए पनि आर्थिक अभावका कारण सञ्चालनमा समस्या भइरहेको बेला प्रभावकारी बनाउन पहल थालिएको हो ।
यसैक्रममा क्याम्पसको एक टोलीले प्रदेश ५ का मुख्यमन्त्री र विभागीय मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
क्याम्पस सञ्चालनका लागि सहयोग जुटाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाङ जिल्ला इञ्चार्ज एवं संघीय शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतम, क्याम्पस सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अधिकारी, सदस्य गोविन्द न्यौपाने र क्याम्पस प्रमुख निश्चल आचार्यसहितको टोली मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय पुगेको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशको प्राथमिकता विज्ञान भएकाले त्यसका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । अहिले प्रदेशभरि कक्षा ११ मा विज्ञानतर्फ भर्ना हुने छात्राका लागि अनिवार्य छात्रावृत्तिको ब्यवस्था गरेको र यसलाई आगामी बर्ष कक्षा १२ मा पनि विस्तार गरिने जानकारी दिंदै उहाँले विज्ञान कक्षा सञ्चालन गर्न चाहने क्याम्पसका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।
क्याम्पसले जग्गा ब्यवस्थापन गरेको खण्डमा भवन निर्माणमा बजेट ब्यवस्था गर्ने प्रतिबद्धता पनि मन्त्रीले व्यक्त गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै क्याम्पसको टोलीले मुख्यमन्त्री शंकर पोख्रेलसँग पनि भेट गरेको छ । मुख्यमन्त्री पोख्रेलले पद्योदयलाई विज्ञान तथा प्रविधि क्याम्पसको रुपमा विकास गर्ने हो भने सम्पूर्ण दायित्व लिन प्रदेश सरकार तयार रहेको बताउनुभएको थियो ।
२
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।