• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ : मुख्यमन्त्री




मुख्यमन्त्री शंकर पोखरेलसंग आज चिनियाँ विआरआई विज्ञ टोलीले भेट गरी विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदा बारे छलफल गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताउनुभयो । उहाँले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताउनुभयो ।

उहाँले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने बताउनुभयो । उहाँले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने बताउनुभयो ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मुख्मयन्त्रीसंग जानकारी लिएको थियो ।
प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसंग महत्वपूर्ण छलफल भएको र समय दिनुभएकोमा धन्यवाद दिनुभयो । विआरआई परियोजना मार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताउनुभयो ।

Facebook Comments