प्रतिनिधि सभाको जारी अवरोध खुलाउने उद्धेश्यले सभामुखज्यूले अाज दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्ष राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण, सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गर्नुभएको हो ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न अाग्रह गर्नुभएको छ। छलफल सकारात्मक भएको र भोलि सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले अाशा गरेको बताउनुभयो ।
प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) बिहान ११ बजे बोलाइएको छ । १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार १६ गते बोलाइएको बैठक सूचना टाँस गरि स्थगित गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।