रोल्पाको गंगादेव गाउँपालिका ४ जितेमारेका १२ बर्षीय बालक हेमराज ओलीलाई प्लाष्टिक एनिमियाँ भएको छ । गत जेठदेखि सो रोग देखिएपछि कक्षा ७ मा अध्ययरत उनको पढाइ त अवरुद्ध भएको छ नै, त्योभन्दा ठूलो संकट उनको उपचारका लागि परेको छ ।
अहिलेसम्म पाँच लाख खर्च भइसकेको छ भने थप उपचारका लागि १२ लाख रुपैयाँ लाग्ने चिकित्कहरुले बताएका छन् । यो रकम जुटाउन निकै समस्या भइरहेको हेमराजका दाइ अशोक ओलीले जानकारी दिनुभयो ।
हेमराजको शरीरमा भएको रगतमा सेता रक्तकोषको उत्पादनमा समस्या भएको छ । ‘शुरुमा उनको उपचार रोल्पाको उनकै गाऊँको स्थानीय मेडिकलमा गरियो, उनलाई शुरुमा ज्वोरो आउने,रुघा लाग्ने हुन्थ्यो ।
स्थानीय मेडिकलबाट चलाइएको औषधीले उनलाई ठिक हुने संकेत देखिएन’– दाइ अशोकले भन्नुभयो– ‘त्यसपछि उनलाई दाङको तुल्सिपुरस्थित चिरायु अस्पतालमा उपचारको लागि भर्ना गरियो । चिरायु अस्पतालका डाक्टरले रगतमा बोनम्यारोको कमी भएको हुनसक्ने भन्दै उपचारको लागि काठमाडौं रिफर गरियो र काठमाडौं पु¥याएपछि मात्रै रोग पत्ता लागेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकोले दाजु असोक वलीले भाईको उपचारमा आर्थिक सहयोग गरिदिनको लागि सबैसँग आग्रह गर्नुभएको छ ।
सञ्चारकर्मी तथा रोल्पाका विद्यार्थी नेता समेत रहेका अशोक भाइको उपचारकाल लागि सहयोग जुटाउन नेता, मन्त्री तथा आफन्तहरुकोमा धाइररहनुभएको छ । यति मात्रै नपुग्ने भएपछि आम जनतालाई गुहार्न बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले सहयोग गर्न चाहनेले जनता बैंकमा अशोक ओलीका नाममा रहेको १२५१२२०५८८४०५०१ मा रकम जम्मा गरिदिन पनि आग्रह गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।