• २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउन पहल




कर्णाली प्रदेश सरकारले सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउन पहल थालेको छ । जसका लागि उसले संघीय राजधानीमा वृहत छलफल गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी (क्रीस)को प्रतिनिधिमण्डल, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच छलफल भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राससलाई जानकारी दिनुभयो ।

उहाँले यही साउन १७ गते क्रीस कम्पनीले कर्णाली प्रदेश सरकारलाई बुझाएको उक्त द्रुतमार्ग सम्भाव्यता अध्ययन प्रतिवेदन कर्णाली प्रदेश सरकारले आजको छलफलमा प्रस्तुत गरेको बताउनुभयो ।

“सुर्खेत–हिल्सा द्रुतमार्ग कर्णाली प्रदेशको जीवनरेखा र मुलुक समृद्धिको कोसेढुङ्गा मानिएको छ”, योजनामन्त्री ज्वालाले भन्नुभयो, “जसले देशको उत्तरी नाकाको पर्यटकीय र व्यापारिक नाका जोड्न विशाल महत्व राख्नेछ ।”

योजनामन्त्री ज्वालाका अनुसार प्रतिवेदनमा उल्लिखित ४०३ किलोमिटर दूरीको उक्त द्रुतमार्गको लगानी रु ६४ अर्ब लगानी लाग्नेछ । कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको यो मार्ग चिनियाँ कम्पनी क्रीसले खर्चमा कार्य थालनी गरेको छ महीनाभित्र सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो ।

Facebook Comments