• २४ भाद्र २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूलबारी महिला सामुदायिक वनको साधारणसभा




रोल्पाको रुन्टीगढी गापा -६ मा पर्ने फुलबारी महिला सामुदायिक वन उपभोक्ता समुहले प्रथम साधारण सभा तथा आम भेला सम्पन्न गरेको छ । समुहले शनिबार साबिक डुब्रीङ ३ मा रहेको श्री जन जागृती प्राबि छापमा एक औपचारिक कार्यक्रम गरि प्रथम सभा सम्पन्न गरेको हो ।

फुलबारी महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जंग बहादुर रेउलेको अध्याक्षता एबम रुन्टीगढी गापा ६ का वडा अध्यक्ष जगत घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै समुहका पुर्ब सचिब जय बहादुर बस्नेतले वनलाई संरक्षण तथा ब्यबस्थापन गर्न सबै टोलबासीहरु नै एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । हिजोको भन्दा फरक तरिकाले वन जोगाने र त्यसका लागि नाङ्गा डाडाहरुमा बृक्षारोपन गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै समुहका निबर्तमान अध्यक्ष बिनु रोकाले वन जोगाउनको लागि महिलाको भुमिका महत्वपूर्ण खेलेको बताईन । र, आम उपभोक्ताहरुले आफ्नो कर्याकाल अबधिभर महिलाको नेतृत्वलाई कम्जोर ढंगले हेरेको भएतापनी समस्या बाबजुद वन संरक्षण गर्दै आएको पनि रोकाले बताईन ।

त्यसैगरी समुहका पुर्ब अध्यक्ष भुप बहादुर बोहराले बिगतमा पनि वन सम्बन्धित थुप्रै क्रार्यक्रम गर्दै आएको बताए । हिजोको दिन सामुदायिक वन क्षेत्र पुरै नाङ्गो र गाई बाख्रा चर्ने ठाउँलाई स्थानीयस्तरमा पाइने बिरुवा रोपेर वनलाई संरकक्षण गर्दै आएको र आज वन एक दुई जना मानिस जान नसक्ने र उपभोक्ताहरुलाई स्याउला ,दाउरा प्रशस्त मात्रामा प्राप्त गरिरहेको उनको भनाई छ । उपभोक्ताहरुलाई आबश्यकता परेको खण्डमा निवेदन पेश गरेअनुरूप नै काठ तथा दाउराहरु उपलब्ध गराउदै आएको समेत उनले बताए । वन जोगाउन अत्यन्तै जरुरी भएको र अबको नयाँ कार्य समितिले उपभोक्ता आबश्यकतालाई मध्यनगर गर्दै वन ब्यबस्थापन एकीकृत भएर अगाडी अढनुपर्ने समेत जोड दिए ।

कार्यक्रममा समूहका कोषाध्यक्ष खिमा दशौदी (रेउले) ले वनको २०७५/०७६ को आर्थिक प्रतिबेदन र आब २०७६/०७७ को वार्षिक कार्यक्रम समेत पेश गरेकी थिईन । साधारण सभामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समुहका उपाध्यक्ष हुम बहदुर रेउलेको स्वागत मन्तब्याबाट शुरु भेएको कार्यक्रमको सहजिकरण समुहका सदस्य केशर रावतले गरेका हुन् ।

Facebook Comments