• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य शाखा सानीभेरीको वार्षिक समिक्षा




रुकुम पश्चिम सानिभेरी गाउँपालिका सामाजिक विकास शाखा अन्तर्गतको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा वर्षभरी गरिएको कामकाज तथा प्रगति विवरण स्वास्थ्य संयोजक छविलाल केसीले सार्वजनिक गर्नुभयो ।

स्वास्थ्य संयोजक छविलाल के सी का अनुसार स्वास्थ्य शाखाको मातहतमा रहेका ९ वटा स्वास्थ्य संस्था मार्फत विरामीलाई सेवा दिएको बाताउनुभयो । स्वास्थ्य संस्था मार्फत दिइएको सम्पूर्ण सेवाहरुको तथ्यांक गत आ व सम्म जिल्ला स्वास्थ्य कार्यालयले गरेको भएपनि आ व २०७५/०७६ देखी डिजिटल प्रविधि मार्फत गाउँपालिकाबाटै अपडेट गरिएको र आगामी आ व हरुमा स्वास्थ्य संस्था मार्फत तथ्यांक इन्ट्रि गर्ने योजना रहेको बताउनु भयो ।

स्वास्थ्य संयोजक के सी ले प्रस्तुत गरेको तथ्यांकमा सेवा प्रवाहका सबै काम सन्तोषजनक भएपनि सुत्केरी गराउने महिलाको संख्या भने तथ्यंकमा कमी देखिएको छ । सानीभेरी गाउँपालिका भित्रका २९ प्रतिशत गर्भवती महिला मात्र वर्थिङ सेन्टरमा सुत्केरी भएको बताइएको छ ।

यो जिल्लाको सबै स्थानिय तहको भन्दा कम भएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका जिल्ला जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले बताउनु भयो । उहाँका अनुसार जिल्लाको तथ्यांकमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने गर्भवती महिलाहरु ६९ प्रतिशत रहेको छ र सबैभन्दा बढी चौरजहारी नगरपालिकामा शतप्रतिशत भन्दा बढि रहेको बताउनु भयो ।

स्वास्थ्य संयोजक के सी का अनुसार सानीभेरी गाउँपालिकामा यातायातको सहज पहुच र एम्बुलेन्स सेवा संचालन भएका कारण जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालको मा रिफर गरिएकाले पनि गाउँपालिका तथ्यांकमा लक्ष्य भन्दा कमी भएको बताउनु भयो । उहाँले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई आकर्सित गर्न विभिन्न कार्यक्रमहरु गरेर तथ्यांक बढाउन पहल गरिने बताउनु भयो ।

समिक्षा कार्यक्रममा सानीभेरी गाउँपालिकाका ९ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुले वार्षिक प्रगति पेश गर्नुभएको थियो । कार्यक्रममा समग्र स्वस्थ्यको समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

छलफलमा मापदण्ड अनुसार स्वास्थ्य संस्थाका आफ्नै भवन नहुन¸ विभिन्न औषधी उपकरणहरुको अभाव¸ दक्ष र सीप युक्त कर्मचारीको अवाव तथा नियमन निकायले नियमित रुपमा अनुगमन तथा निगरानी कम हुनु र भएको पनि प्रभावकारी कार्यन्वयन नगर्नु जस्ता समस्याले स्वास्थ्य सेवाको सहज पहुँच र गुणस्तरीय सेवा दिन अप्ठ्यारो भएको सहभागीहरुले बताए ।

सानिभेरी गाउँपालिकाको सिम्लीमा भएको समिक्षा कार्यक्रमको अध्यक्षता सामाजिका विकास शाखा संयोजक बीर्खबहादुर विष्टले गर्नुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नरबहादुर पुन रहनुभएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत कालिबहादुर ओली¸ स्वास्थ्यको लागि सक्षम प्रणालीका तथ्यांक अधिकृत ऋषि न्यौपाने¸ सुशासन तथा निति निर्माण अधिकृत चंख विष्ट लगाएको आथित्यता रहेको थियो ।

कार्यक्रममा सानीभेरी गाउँकार्यपालिका सदस्यहरु¸ गाउँपालिका भित्रका ९ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य संयोजक छविलाल के सी ले गर्नु भएको थियो ।

Facebook Comments