• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ३ मा पानीमा नभिज्ने पत्रकार परिचयपत्र




सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफट्वेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गरी सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले बिहिबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण शुरु गरेको छ ।

काठमाडौमा सूचना तथा प्रसारण शाखाको उदघाटनका अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारहरुलाई बिहिबार स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र बरिष्ठ पत्रकार युवराज घिमिरेलाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गर्नु भएको हो ।

पत्रकारहरु राजकुमार रेग्मी,सुरेन्द्र पाण्डे, चिरञ्जीवी ढुंगाना, अरुणदेव जोशी, मनोज दाहाल, मात्रिका पौडेल, गंगा बिसी, अर्जुन खडका, सरस्वती कर्माचार्य, मणि लोहनी, छेटु शेर्पा र दिपा दाहालले सञ्चार रजिष्ट्रारको कार्यालयबाट स्वतन्त्र पत्रकार परिचयपत्र प्राप्त गर्नुभएको छ ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले कार्यक्रर्म सफल बनाउन सहयोग पुरयाउने सबैलाई हार्दिक धन्यवाद दिनुभएको छ । मुलुक संघीयतामा गएपछि सञ्चार क्षेत्रमा संघीयता कार्यान्वायन गर्ने प्रदेश ३ नै पहिलो प्रदेश बनेको छ ।

Facebook Comments