• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाका युवा नेताद्वारा बुवाको स्मृतिमा अक्षयकोष स्थापना




दाङ शान्तिनगर गाउपालिका वडा नं.७ घुसुरा निवासी गेदलाल भण्डारी (गोबिन्द)ले वुवाको सम्झनामा विद्यालयमा अक्ष्यकोष स्थापना गर्नुभएको छ । बुधबार सोही वडाको माबि तुलसीपुर धनौरीमा ५० हजारको अक्षयकोष स्थापना गरिएको हो ।

गरीब तथा जेहेन्दार बिद्यार्थीहरूको शैक्षिक स्तरबृद्वि गर्न वुवा भिमबहादुरको सम्झनामा अक्षयकोष अक्ष्यकोष स्थापना गरिएको हो । बुधबार एक कार्यक्रमगरि भण्डारी र उहाँकी श्रीमती कुमारी भण्डारीले उक्त रकम बराबरको चेक बिद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

बुवाकै योगदानले आफु अहिले राजनीतिक तथा सामाजिक क्षेत्रमा आफु स्थापित हुन सफल भएको भन्दै वुवाको ईच्छा अनुसार अक्ष्यकोष स्थापना गरेको छोरा भण्डारीले बताउनुभयो ।

त्यस अवसरमा प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य धमकली चौधरीले अहिले सामुदायिक बिद्यालयलाई कसैले पनि चासो नदिने गरेको अबस्थामा बिद्यालयको शैक्षिक स्तर सुधार गर्न अक्ष्यकोष स्थापना गर्नु सकारात्मक कार्य भएको बताउनुभयो ।

वुवा भण्डारीको २०७५ साउन २५ गते ७३ बर्षको उमेरमा निधन भएको थियो । उहाँका छोरा गोबिन्द नेकपाका युवा नेता समेत रहेका छन् ।

Facebook Comments