• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा प्रहरीको सार्वजनिक सुनुवाइः आवश्यक पूर्वाधार निर्माण गर्न माग




जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को विभिन्न आफ्नो गतिविधि सम्बन्धी विवरण सहित जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मंगबार रुकुमकोटमा सार्वजनिक सुनुवाई गरेको हो ।

रुकुमपूर्व जिल्ला नयाँ संरचना भएको हुनाले विभिन्न समस्या तथा अभावका भावजुटबाट काम गरिराखेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।

‘अहिले सम्ममा जिल्लामा कारेघार, दरबन्दी खाली, तत्कालिन ईलाका प्रहरी कार्यालयको भवनमा बसिराखेकोले एक तिहाई प्रहरी जवान बस्नेमा समस्या आइरहेको छ’ प्रहरी नायब उपरीक्षक खड्काले भन्नुभयो, ‘आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएमा कामकाज चुस्त हुनुका साथै कार्यसम्पानमा सहज पुग्ने छ ।’]

दैविप्रकोप घटनाबाट १ जनाको मृत्यु, घाइते ५ जना, पशुचौपाय घाइते २, घर ४२ वटा र गोठ ७ वटा गरी क्षति ३ करोड ७३ लाख ९३ हजार ३ सय ३२ रुपैयाँ रहेको सुनुवाई प्रतिवेदनमा उल्लेख गरिएको छ । चालचलन सिफारिश पुरुष १ सय र महिला २७ जना गरी जम्मा १ सय २७ चालचलन बुझि उठाईएको बताइउको छ ।

त्यसैगरी राजनितिक गतिविधिमा जिल्ला बन्द ८, तालाबन्दी २, विरोध ¥याली २, कोण सभा ५, जुलुस १, धर्ना ७, प्रेस विज्ञप्ति ३, ज्ञापन पत्र २ गरी जम्मा ३४ वटा रहेको छ । नागरिकता सर्जमिन मुचुल्का पुरुष ४४ महिला १२ जना गरी जम्मा ५६ जनाको तयारी जिल्ला प्रशासन कार्यालयमाा उठाएको उल्लेखित रहेको छ ।

अवैध घरेलु भरुवा बन्दुक संकलन पुथाबाट १ सय ४१ नाल, सिस्नेबाट ११ नाल र भूमे गाउँपालिकाबाट १ नाल गरी जम्मा १ सय ५३ नाल संकलन गरिएको छ । अवैध लागूऔषध गाँजा÷अफिम नष्ट भूमेमा गाँजा १५ बिगाहा, अफिम १७.५ रोपनी, पुथामा अफिम ५ रोपनीमा नष्ट गरिएको छ ।

ट्राफिक कारवाही ठूलो, सानो सावरी साधन र मोटर साईकल जम्मा कारवाही संख्या ६ सय रहेकोमा संकलन राजस्व ३ लाख ८७ हजार रुपैयाँ गरिएको हो । ट्राफिक दुर्घटनामा जिप÷कार २ वटा र ट्याकटर ५ वटा उक्त दुर्घटनामा परि पुरुष १० जना र महिला ५ जना गरी १५ जनाको मृत्यु र घाईते पुरुष ६ जना र महिला ५ गरी ११ जना भएका हुन् ।

नयाँ ईलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्न आवश्यक र माग आएको अनुसारमा सथापना गर्नुपर्ने स्थानहरु पुथा १ पेल्पा, भूमे १ लुकुम, पुथा ६ डिमुरगैरा, पुथा ९ खाराबाङ र पुथा १० जामाबगरमा गर्नुपर्ने उल्लेख छ । जिल्लामा ईलाका तथा अस्थायी प्रहरी कार्यालय १३ वटा रहेका छन् भने अस्थायी प्रहरी पोष्टको स्तरोन्नति गर्नुपर्ने रहेको बताइएको छ ।

Facebook Comments