• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघका पूर्वअध्यक्षमाथि ज्यान मार्ने धम्की




नागरिक समाज दाङले समाजका कार्य समिति सदस्य तथा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केबी मसालमाथि ज्यान मार्ने धम्की आएको भन्दै भत्र्सना गरेको छ ।

योगी एडभरटाइजिङका नारायणनाथ योगीले ज्यान मार्ने धम्की दिएको भन्दै नागरिक समाज दाङले भत्र्सना गरेको छ ।

संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नागरिक समाज दाङको बैठक सकेर बजार निस्कँदै गर्दा उहाँलाई न्यूरोडको शाक्य गहना पसल नजीक बीच सडकमा दिएको ज्यानमार्ने धम्कीप्रति खेद व्यक्त गर्दै उहाँको जिउज्यानको सुरक्षा तथा यस्ता धम्कीदिनेलाई नागरिक समाज दाङ प्रहरी प्रशासन समक्ष कारवाहीको माग गर्दछ ।’

Facebook Comments