• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइते भएको नौ महिनापछि गाँउपालिकाको राहत




रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिकाले आगोमा परि घाइते भएका एक व्यक्तिलाई राहत वितरण गरेको छ ।

गाँउपालिकाले सोहि गाँउपालिका वडा न ८ चारगाँउका हिरा बहादुर चन्दलाई घटना घटेको करिव ९ महिना पछि राहत रकम वितरण गरेको हो ।

चारगाँउका हिरा बहादुर चन्द्रका दुई वर्षिया छोरा पुर्ण बहादुर चन्द्र ०७५ मंसिरमा घरमा दुध उमाल्ने क्रममा चुलो र उम्लेको दुधमा परि हात, खुट्टा, तथा ढाडमा पोलेर गम्भीर घाइते भएका थिए । आगोले पोलि गम्भीर घाइते भएका पुर्ण बहादुर चन्द्रको कान्ति बाल अस्पताल काठमाडौमा उपचार गराए पछि उनको अवस्था अहिले सामान्य रहेको बुवा हिरा बहादुर चन्द्रले जानकारि दिनुभयो ।

उहाँका अनुसार छोराको उपचार लागि करिव ४ लाख ५० हजार रुपैयाँ रकम खर्च भएको थियो ।

पुथाउत्तरगंगा गाँउपालिकाले गाँउपालिकाको कार्यालय तकसेरामा सोमबार एक कार्यक्रमको आयोजनाको गरि उक्त राहत रकम वितरण गरेको हो ।

गाँउपालिकाले गाँउपालिकाको कार्यविधि अनुसार पोलिएर घाइते भएका पुर्ण बहादुरको उपचार सयोगार्थ थोरै भए पनि सहयोग गरौ भन्ने उद्देश्यले गाँउपालिकाको विपत व्यवस्थापन कोष बाट राहत रकम स्वरुप नगद २५ हजार रुपैया नगद वितरण गरेको उपाध्यक्ष ओमकुमारि शाहि मल्लले बताउनुभयो ।

त्यस्तै राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढाथोकिले यो राहत रकम ०७५ मंसिरमा नै वितरण गर्नुपर्ने भए पनि घटना भएको जानकारि गाँउपालिकामा ढिला गरेर आएकाले तथा पिडितले पु¥याउनु पर्ने आवश्यक कागजात समयमा नै प¥याउन नसकेकाले राहत वितरण ढिला हुन पुगेको जानकारि दिनुभयो ।

ढिलै भए पनि गाँउपालिका बाट राहत रकम पाएकोमा खुसि हुदै हिरा बहादुर चन्द्रले गाँउपालिकालाई धन्याबाद दिनुभयो ।

Facebook Comments