• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डे नगरपालिका लक्ष्यभन्दा कम राजस्व संकलन




बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७५/२०७६ को आन्तरिक राजस्व ३३ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ । ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिका लक्ष्य भन्दा कम राजस्व उठाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्त सम्म ३२ लाख ९१ हजार १ सय ६८ रुपैया राजश्व संकलन गरेको राजश्व शाखा भुपाल खड्काले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले लक्ष्य भन्दा ३४.१७ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

जसमा नगरपालिका कार्यालय बाट मात्रै ११ लाख ५४ हजार ४ सय ३९ रुपैया संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत हरि बहादुर खत्रीले बताउनुभयो ।

जसमा १ न वडा कार्यालय बाट ५ लाख ३ हजार ६ सय ४५ रुपैया , २ न वडा बाट १ लाख ६ हजार १ सय २३ रुपैया , ३ न वडा बाट १ लाख ६ हजार ५ सय ४० रुपैया, ४ न वडा कार्यालय बाट ९२ हजार ९ सय ५८ रुपैयाँ, ५ न वडा कार्यालय बाट १ लाख ६० हजार ७ सय ५३ रुपैया, ६ न वडा कार्यालय बाट १ लाख ६२ हजार ९ सय २८ रुपैया, ७ न वडा बाट २ लाख १ हजार ६ सय २१ रुपैयाँ, ८ न वडा कार्यालय बाट २ लाख २२ हजार ८ रुपैया, ९ न वडा बाट १ लाख ५८ हजार ९ सय ४९ रुपैयाँ , १० न वडा बाट ८२ लाख ६ सय ३८ रुपैयाँ , ११ न वडा बाट १ लाख ४९ हजार ८ सय ८७ रुपैया र १२ न वडा कार्यालय बाट १ लाख ३३ हजार २ सय ७५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

घर कर, घरबहाल कर, भुमी कर, व्यबसाय कर, सिफारिस दस्तुर, नक्सा प्रमाणीत दस्तुर, अन्य कर संकलन गरिको अधिकृत खत्रीले बताउनु भएको छ । नगरपालिका मुख्य राजस्व संकलन गर्ने भेरी नदि , बनगाड खोला, सङ्ग्रही खोला लगाएत स्थानीय खोला बाट ढुङ्गागिट्टी बालुवाको कर संकलन गर्ने समस्या हुदा लक्ष्य भन्दा कम कर उठेको बताएका छन ।

अब IEE भैसकेको र अब देखि उक्त ठाउको कर आए पछि नगरपालिका लक्ष्य अनुसार कर उठन्ने दाबी समेत अधिकृत खत्रीले जानकारी दिनु भएको छ । नगरपालिका मुख्य पर्यटन क्षेत्रको रुपमा रहेको कुपिण्डे तालको भने अहिले सम्म राजस्व संकलन तिर कसैको ध्यान केन्द्रित भएको छैन ।

Facebook Comments