• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानको ढोरपिपल सङ्ग्रही खोलामा झोलुंगे पुल बनेपछि स्थानीय खुशी




सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ७ को ढोरपिपल सङ्ग्रही खोलामा झोलुंगे पुल निर्माण भएको छ ।

झोलुङ्गे पुल निर्माण भए पछि स्थानीय खुसी बनेका छन ।

७४ मिटर लम्बाई रहेको पुलको बनगाड कुपिण्डे नगरपालिका ३ लाख २३ हजार ९ सय ३८ रुपैया र हेल्पटास स्वापको आर्थिक सहयो तथा शारदा नेपाल सस्थाको प्राबिधिक सहयोगमा जम्मा ५३ लाख ९८ हजार ९ सय ७५ रुपैयाको लागतमा झोलुङ्गे पुलको काम सम्पन्न भएको पुल उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बस्नेतले जानकारी दिएका छन ।

उक्त झोलुङ्गे पुल बने सङ्गै बनगाड कुपिण्डे नगरपालिका वडा न ६,७,८ र ११ का वडा बासी लाभान्वित हुनेछन् ।

खोलामा झोलुङ्गे पुल बने सङ्गै वर्षादको समयमा खेतबारिमा काम गर्ने कृषक तथा पढ्न जाने बालबालिकाहरुलाइ बिध्यालय जान सहज हुने भएको छ ।

पुल नहुदा वर्षादको समयमा विद्यार्थीहरु विध्यालय जान बाट बन्चित हुन्थे ।

Facebook Comments