• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गाउँपालिका उपाध्यक्षका र वडा अध्यक्षका उम्मेदवार नेकपामा प्रवेश




गत स्थानीय निर्वाचनमा फोरम लोकतान्त्रिकबाट दाङको राजपुर गाउँपालिका उपाध्यक्षमा चुनाव लडेका उम्मेदवार लक्ष्मी चौधरीसहितका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

फोरम लोकतान्त्रिकले आफ्नो लक्ष्य भुलेर कांग्रेसतिर लागेको भन्दै आफ्नो नेतृत्वमा यो क्षेत्रका नेता कार्यकर्ता नेकपा प्रवेश गरेको उहाँले बताउनुभयो ।

त्यस्तै राजपुर वडा नम्बर २ मा वडा अध्यक्षका उम्मेदवार रहेका उदयराम चौधरी पनि नेकपा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य इन्द्रजीत थारु, नेकपा दाङका जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’, पार्टी गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का ‘शिखर’लगायतले पार्टी प्रवेश गराउनुभएको थियो ।

राजपुर २ मटेरियामा पार्टी प्रवेश कार्यक्रम राखिएको थियो ।

Facebook Comments