• १२ मंसिर २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युद्ध पत्रकारका आँखामा ‘युद्धका तीन दिन’





दुई दशकदेखि पत्रकारितामा सक्रिय संघर्षशील पत्रकार संगिता खड्का हुन् । नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व सचिव लगाएत विभिन्न सञ्चार क्षेत्रमा स्थापित पत्रकार संगिता खड्काले युद्धका ति दिन: एक पत्रकारको भोगाइ नामक आफ्नो कृति भर्खरै सार्वजनिक गरेकी छिन् ।

कुनै समय कालखण्डमा तत्कालिन माओवादी विद्रोहीको वारेमा जान्न र थाहा पाउनको लागि जनादेश साप्ताहिक आमजनताको माझमा विश्वाशिलो, भरपर्दो सञ्चारमाध्यमको रुपमा स्थापित थियो ।
जनादेश साप्ताहिकको सहस्म्पादकको जिम्मेवारी सम्हालेकी ख्डकाले विभिन्न आरोह अवरोहहरुलाई छिचोल्दै जनताको माझ सचना पु¥याउने एक संघर्षशील महिला पत्रकार थिइन् ।

त्यतिवेला पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता न्यून हुन्थ्यो त्यसमा पनि जनादेश साप्ताहिकमा काम त परै जाओस पठन र पत्रिका राख्न पनि तत्कािलन राज्यको दृष्टिकोणमा आतंककारी गतिविधि थियो । समाचार लेखो वापत जनादेश साप्ताहिकका सम्पादक कृषण सेन इच्छ’कले ज्यान गुमाउन प¥यो । त्यसै उथल पुथल समयमा जनादेशमा पत्रकारिता गरे वापत संगिता खड्काले धेरै दुःख पीडा र यातना लगाएत अमानवीय यातना सहित धेरै पटक मृत्युको नजिक पुगेर पनि बाच्न सफल भइन ।

तिनै गतिविधी र भोगाइलाई समेटेर तयार पारिएको एक ऐतिहासिक जिवन्त कृति हो युद्धका ति दिनहरु: एक पत्रकारको भोगाइ । संगिता खड्का सहरमै जन्मिइन हुर्किइन । उनले वाल्यकालमा कुनै डाँडापाखा पखेराहरुमा हिडनु परेन तर जनयुद्धमा लागिन उनले विभिन्न समयमा संघर्षका चुचुराहरु चढ्न परिरह्यो ।

उनी बन्दुग बोकेका कुनै छापामार भने थिएनन् । मओवादी जनयुद्धको पक्षमा कलम चलाउने पत्रकार थिइन तर समयले कोल्टे फेरिदिदा उनलाई यस्तो अवस्थामा ल्याइदियो कि उनले कुने छापामारले भन्दा पनि बढी युद्धको समस्या सहनु प¥यो । संकटकालिन दिनहरु सम्झदै संगिता लेखछिन – एक दिन अफिसवाट जनादेश पत्रिका बोकेर आउँदै थिए एरपोर्ट सिनामंगलमा सेनाको चेकजाच गर्दै गरेको झट्ट आखाले देखे । मैले हतारमा पत्रिकाको ब्याग आफ्नो घुडामुनी रखे ।

कुर्ता सुरुवाल लगाएको कारण पत्रिका ढाक्दा पत्रिका छेक्ने गरेर वनाइएको सानो पकेट पुरै छोपियो । मेरो व्याग र पर्श चेक गरियो संयोगले मैले बोकेको पत्रिकामा सेनाको नजर पुग्न सकेन । गाडि गुड्यो धन्न फन्दामा परिएन ।

एनकै सहयोद्धा अतिन्द्र न्यौपानेका कारणसंगिता गिरफ्तार भएर तत्कालिन नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबमा पु¥याइएकी थिइन । जुन ठाउमा कृष्ण सेन इच्छुकलाइ पनि ल्याइएको थियो । जहा यातनाकै कारण पत्रकार तथा सहित्यकार इच्छुकले जीवन गुमाएका थिए । प्रहरी अफिसर विक्रम थापावाट शुरु भएको शारिरीक तथा मानसिक यातनावाट उनको हिरासतका दिन रात शुरु हुन्छ महेन्द्र पुलिस क्लवमा ।

पुस्तकमा केवल लेखेकै आधारमा तत्कालिन राज्यले पत्रकारहरुलाई दिएको दुःख पीडाको पोको छ । कृष्ण सेन र संगिता खड्काहरुले भोगेको कष्ट सवै परिवर्तनको लागि दस्तावेज हो ।
संगिताले आफ्नाो पुस्तकमा आफ्ना भोगाइहरु उतारेकी छिन । संकटकालका कहाली लाग्दा दिनहरु पुस्तकमा समेटिएका छन् । यतना खेप्न नसकेर आफ्नै सहयोद्धाले दिएको धोकाको व्याख्या पनि पुस्तकमा स्थान पाएका छन् । हिरासत, जेलजीवनका पीडा समस्या भोगाइ जसता विषयले भावुंक वनाउछ ।

२०६० कार्तिक २१ गतेवाट रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्जको औपााचारिक सुरुवात भयो । संगिताले भूमिगत रेडियो सञ्चालन बारे यो पुस्तकमा विशेष कुरा राखेकी छिन । रेडियोले जनताका विचमा आफ्नो विचार र सूचना लैजान निकै प्रभावशाली बनेको थियो । युद्धको मोर्चामा जस्तै थियो रेडियो जनगणतन्त्र । त्यही मोर्चाका एक कमाण्डर बनेर ड्दिा कस्ता कस्ता अप्ठ्यारा आए यसका स्मरण डायरीका रुपमा उतारेकी छिन् ।

भूमीगत रेडियो पत्रकारिताका बारेमा जान्न चाहने हरुका लागि यो पुस्तक समय सापेक्ष सामग्री बन्न सक्छ । अन्तिम समयमा लेखिएकाले गण्डक यात्राको सन्दर्भ पनि समेटेकी छिन । त्यसमा तत्कालिन मओवादी जनयुद्ध, शान्ति प्रक्रिया तर्फ लागेको कुरा समेटिएको छन् । पुस्तकमा सवै भन्दा बढी दुःख छन, संगिताले पाएको पीडा यातनाका कुराहरु पढिरहदा त्यसवेलाका सैनिक प्रशासन र प्रहरी अधिकारीहरुले कुन हृदयले यति धेरै यातना दिन सकेका होलान ?

Facebook Comments