• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारीले थाल्यो नयाँ उत्पादनः लेकाली कुखुरा, त्यो पनि लोकल




रुकुमपूर्व भूमे गाउँपालिकामा एक सहकारी संस्थाले उन्नत जातको गाई र लोकल कुखुरा पालन सुरु गरेको छ । मारिङ बहुउद्देश्यीय सहकारीले भूमे २ खाबाङ बगरमा उन्नत जातको जर्सी गाई र लोकल कुखुरा पालन गरेको हो ।
गाई तथा लोकल कुखुरा पालनमा २ जनाले रोजगारी पाएका छन् । प्रदेश सरकार, भूमे गाउँपालिका र सहकारीको आफ्नै लगानीमा गाईपालन गरिएकोे हो । ६ रोपनी जग्गा भाडा, गोठ निर्माण, गाई खरिदसमेत गरेर २४ लाख रकम खर्च भएको छ  ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ५ नम्बर प्रदेश सरकारको १५ लाख, भूमे गाउँपालिकाको ४ लाख र सहकारीको ५ लाख रकम गरी जम्मा २४ लाख रकममा उक्त गाई पालन गरिएको छ । गत जेठमा बुटवलबाट ५ लाख ५० हजार रकममा ५ वटा माउ गाई, एउटा बहर, २ वटा बाच्छा ल्याइएको छ । २ वटा जर्सी र ३ वटा होलिस्ट्यान जर्सी गाई हुन् ।

दूधालु ३ वटा रहेका छन्, दैनिक २२÷२३ लिटर दूध दिइराखेकोमा १७÷१८ लिटर मात्र दूध बिक्री भइराखेको सहकारीले जनाएको छ । बाँकी दूध बिक्री नहुँदा सहकारीले चिन्ता गरेको छ । अहिले खाबाङ बगरमा मात्र दूध बिक्री भइराखेको छ । आजभोलि रुकुमकोट जाने बाटो रुकुमगाड खोलाले अवरुद्ध गरेको छ ।

‘बाटो खोल्यो भने रुकुमकोटबाट जति पनि माग आएको छ’ सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले भन्नुभयो, त्यसपछि दूध बिक्री सबै हुदैँ गयो र माग बढ्यो भने दूध आपूर्तिको लागि थप गाई किन्ने बताउनुभयो ।

जर्सी गाई पालनसँगैै लोकल कुखुरा पालन पनि गरिएको छ । कुखुरा पालनको लागि भूमे गाउँपालिकाको ३ लाख ५० हजार रकम अनुदान र सहकारीको ७० हजार रकम गरी जम्मा ४ लाख २० हजार रकम खर्च गरी सुरु गरिएको छ । असारबाट सुरु गरिएकोमा खोर सहितको कम्पाउन्ड निर्माण गरिएको छ । ३ वटा भाले र १६ वटा माउ गरी १९ वटा कुखुरा पालिराखेका छन् ।

पालन गर्न सजिलो तर बृद्धि विकास गर्नमा समय लाग्छ व्यवस्थापक अधिकारीले भन्नुभयो, ‘स्वस्थकर मासु तथा अण्डा हुने र गाउँमा अहिले लोकल पाइने छोडेको छ कम मात्रामा पालेकाले पनि मूल्य महंगो गरेका छन् ।’ माउ कुखुराले अण्डा पारिराखेका छन् भने माउ थप गरी त्यसबाट उत्पादन गरेर गाउँको भन्दा कम मूल्यमा अण्डा र कुखुरा उपलब्ध गरिदिने अधिकारीले जानकारी दिनुभयो ।

लोकल कुखुराको माग अत्यादिक आइराखेको बताइएको छ । दूध मिटरको ७० रुपैयाँ रहेको छ जेठ र असार दुई महिनामा दूध बिक्रीबाट ३७ हजार रुपैयाँ भएको सहकारीले जनाएको छ ।

भूमे ९ चुन्बाङका स्थानीयले बैंकिङ कारोवार छिमेकी जिल्ला रोल्पाको बागमाराबाट लिइराखेका छन् ।

त्यस ठाउँमा शाखा रहित बैंक सहकारीबाट स्थापना गरी आउदो असोज महिना देखि सेवा दिने गरी पहल भइराखेको अधिकारीले बताउनुभयो ।

Facebook Comments