• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो भयो नेकपा दाङमा जिम्मेवारी बाँडफाँड




पार्टी एकीकरण भएको झण्डै डेढ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

आज घोराहीमा सम्पन्न नेकपाकाे पहिलाे बैठकले विभिन्न १२ वटा निर्णय गर्दै सचिवालय गठन, १७ वटा विभाग र ८ स्थानीय तहमा ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी सुम्पेको छ । बैठकले सचिवालय तर्फ अध्यक्ष टीकाराम खड्का, सचिव तुलसीराम पुन ‘सुबास’, हिराचन्द्र केसी, हुकुम बस्नेत, सुरामणी बेल्बासे, पुनम सेर्पाइली र गुरुप्रसाद रिजाललाई जिम्मेवारी दिएको छ ।

नेकपा प्रदेश नम्बर ५ का ईञ्चार्ज शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको जिम्मेवारी बाँडफाँड कार्यक्रममा प्रदेश अध्यक्ष ओनसरी घर्ती, सचिब जगप्रसाद शर्मा‘अपार’, जिल्ला इन्चार्ज जीवन गाैतमलगायत अन्य केन्द्रीय तथा प्रदेश सदस्यहरुको सहभागिता थियो ।

साथै, बैठकले संगठन विभागको संयोजकमा कृष्णप्रसाद भुसाल, सहसंयोजकमा प्रमोद शर्मा, स्कुल विभागको संयोजकमा गुरुप्रसाद रिजाल, सहसंयोजकमा मनोहर बुढाथोकी, प्रचार बिभागको संयोजकमा शरद अधिकारी र डिल्लीराज खड्कालाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

त्यस्तै, शिक्षा विभागमा अरुण शर्मालाई संयोजक र शेरबहादुर खड्कालाई सहसंयोजक, स्वास्थ्यमा खिमबहादुर चौधरी संयोजक, कमानसिंह पुन सहसंयोजक , कृषि तथा भूमिमा प्रेमबहादुर थापा संयोजक र ओमप्रकाश सुबेदीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै, सहकारी विभागमा सुशीला शर्मा संयोजक र हुमा डिसीलाई सहसंयोजक, वन तथा वातावरण विभागको संयोजकमा अमरबहादुर वली र सहसंयोजक चित्रबहादुर खड्का, कानून बिभागमा मनोहर बुढाथोकीलाई संयोजक तोकिएको छ ।

त्यस्तै, युवा तथा खेलकुद संयोजकमा सरोज पन्त र सहसंयोजकमा कैलाश रोका, उर्जा तथा जलश्रोत विभागको संयोजकमा खर्के सुनार, सहसंयोजकमा मेघराज भुषाल, खानेपानी विभागमा भुपबहादुर केसी संयोजक र दिनेश श्रेष्ठलाई सहसंयोजकको जिम्मा दिईएको छ ।

त्यसैगरी, आर्थिक विभागको संयोजकमा बिश्वराज आचार्य, सहसंयोजकमा गेहेन्द्र बस्नेत, स्थानीय विभागको संयोजकमा हुकुम बस्नेत, सहसंयोजकमा बसन्त चौधरीलाई जिम्मेवारी दिइएको छ । यस्तै निर्वाचन विभागको संयोजकमा मानबहादुर रावत संयोजक र सहसंयोजकमा प्रमिता चौधरीलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै, उद्योग तथा ब्यापार संयोजकमा गेहेन्द्र बस्नेतलाई संयोजक र यज्ञबहादुर केसी सहसंयोजक र प्रशासन विभाग संयोजकमा प्रविण शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै, निर्वाचन क्षेत्र अन्तर्गत प्रतिनिधी सभा तर्फ क्षेत्र नं १को संयोजकमा मिना गुरुङ, सचिवमा भागीदास चौधरी, क्षेत्र नंं २मा संयोजक निर्मल महरा एटम र सचिवमा देवराज विक, क्षेत्र नं. ३ मा संयोजक सिमा न्यौपाने र सचिव हिरालाल चौधरीलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं. १ को क मा संयोजक रामप्रसाद गैरे, सचिवमा विरेन्द्र चौधरी, ख मा संयोजक निमकुमारी झाँक्री, सचिवमा शोभा घिमिरे, क्षेत्र नं. २ को क मा संयोजक विश्वराज आचार्य, सचिवमा भरत अर्याल, क्षेत्र नंं ख को संयोजकमा अमर खड्का, सचिवमा रमेश वली, क्षेत्र नं. ३ को क मा संयोजक कलिभान रोका, सचिवमा विनोद शर्मा, ख मा संयोजक चुर्णवहादुर वली र सचिवमा सुशिल क्षेत्रीलाई चयन गरिएको छ ।

यस्तै, नेकपा दाङले घोराही र तुलसीपुर बाहेक अन्य ८ स्थानीय तहका ईञ्चार्ज र सह ईञ्चार्जको जिम्मेवारी पनि तोकेको छ । जस अनुसार लमही नगरपालिकाको ईञ्चार्जमा अमर कँवर र सहईञ्चार्जमा नारायण छम्पाली, राप्ती गाउँपालिकाको ईञ्चार्जमा किरण भण्डारी र सह ईञ्चार्जमा चित्रबहादुर थापा यस्तै गढवाको ईञ्चार्जमा यमनारायण पोखरेल र सहईञ्चार्जमा सिता चौधरीलाई जिम्मा दिइएको छ ।

त्यस्तै, राजपुरको ईञ्चार्जमा शिल्पा चौधरी र सहईञ्चार्जमा रामप्रसाद यादब , बंगलाचुलीको ईञ्चार्जमा हेमराज पुन र सहईञ्चार्जमा चुडामणी नेपालीलाई तथा दंगीशरणको ईञ्चार्जमा मणीराम चौधरी र सहईञ्चार्जमा एमएन शाहलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, शान्तिनगरको ईञ्चार्जमा नेबहादुर रोका र सहईञ्चार्जमा धमकली चौधरी तथा बबई गाउँपालिकाको ईञ्चार्जमा डिलबहादुर पुन र सहईञ्चार्जमा सर्बजित बिकलाई जिम्मेवारी दिइएको छ ।

बैठकले विभिन्न ३१ वटा जनवर्गिय संगठनको एकताका लागि सम्वन्धित जनवर्गिय संगठनका अध्यक्ष र सचिव रहेको चार सदस्यीय कार्यदल बनाएर काम अघि बढाउने निर्णय गरेकाे छ । पार्टी एकतालाई वडा देखि अझ तल्लो तहमा लैजान अभियान संचालन गर्ने साथै साउन महिना भित्र पार्टी सदस्यता नविकरण अभियान संचालन गर्ने निर्णय भएको छ ।

यस्तै, भदौको पहिलो सातामा जिल्लामा रहेका सवै जनप्रतिनिधिहरुलाई राखेर विज्ञ समेतको सहभागिताका कार्यशाला गोष्ठि आयोजना गर्ने निर्णय गरेकाे छ ।

नेकपा दाङको बैठकका निर्णयहरु
१. नेकपा दाङको पहिलो बैठक शनिबार घोराहीमा बस्यो । अध्यक्ष टिकाराम खड्काको अध्यक्षता तथा नेकपा प्रदेश इञ्चार्ज शंकर पोख्रेलको प्रमुख आतिथ्यमा बैठक बसेको थियो । बैठकमा पोखरेल, नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती, प्रदेश सचिव जगप्रसाद शर्मा अपार, नेकपा दाङका इञ्चार्ज जीवन गौतमले बोल्नुभएको थियो ।

२. बैठकले सात सदस्यीय कार्यालय गठन गरेको छ । ५४ सदस्यीय सचिवालय गठन गरेको छ । यस्तै विभिन्न १७ वटा विभागमा प्रमुख र उप प्रमुखको चयन गरेको छ । आठवटा गाउँ तथा नगरपालिकामा इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ । संघीय संसदका तीन क्षेत्र र प्रदेशका छ वटा निर्वाचन क्षेत्रमा संयोजक र सचिव चयन गरेको छ ।

३. सात सदस्यीय कार्यालयमा अध्यक्ष टिकाराम खड्का, सचिव सुवास पुन, हुकुमबहादुर बस्नेत, हिराचन्द्र केसी, सुरामणि बेल्वासे, पुनम सेर्पाइली र अजयदिप शर्मालाई चयन गरियो ।

४. गाउँ तथा नगरका इञ्चार्जहरुमा लमहीमा इञ्चार्ज अमर कवर सह इञ्चार्जमा नारायण डाँगी छम्पाली, राप्तीमा इञ्चार्ज किरण भण्डारी, सह इञ्चार्जमा चित्रबहादुर थापा, गढवामा इञ्चार्ज एमनारायण भण्डारी र सह इञ्चार्जमा सीता चौधरी, राजपुरमा इञ्चार्ज शिल्पा चौधरी, सह इञ्चार्जमा रामप्रसाद यादव, बंगलाचुलीमा इञ्चार्ज हेमराज पुन, सह इञ्चार्जमा चुडामणि नेपाली, दंगिशरणमा इञ्चार्ज मनिराम चौधरी, सह इञ्चार्जमा एम एन शाह, शान्तिनगरमा इञ्चार्ज नेपबहादुर रोका, सह इञ्चार्जमा धमकली चौधरी, ववईमा इञ्चार्ज डिलवहादुर पुन र सह इञ्चार्जमा सर्वजित विकलाई जिम्मेवारी दिइएको छ ।

५. निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधी सभा तर्फ क्षेत्र नं १को संयोजकमा मिना गुरुङ, सचिवमा भागीदास चौधरी, क्षेत्र नंं २मा संयोजक निर्मल महरा एटम र सचिवमा देवराज विक, क्षेत्र नं. ३ मा संयोजक सिमा न्यौपाने र सचिव हिरालाल चौधरीलाई जिम्मेवारी दिइएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं. १ को क मा संयोजक रामप्रसाद गैरे, सचिवमा विरेन्द्र चौधरी, ख मा संयोजक निमकुमारी झाँक्री, सचिवमा शोभा घिमिरे, क्षेत्र नं. २ को क मा संयोजक विश्वराज आचार्य, सचिवमा भरत अर्याल, क्षेत्र नंं ख को संयोजकमा अमर खड्का, सचिवमा रमेश वली, क्षेत्र नं. ३ को क मा संयोजक कलिभान रोका, सचिवमा विनोद शर्मा, ख मा संयोजक चुर्णवहादुर वली र सचिवमा सुशिल क्षेत्रीलाई चयन गरिएको छ ।

६ विभागहरु अन्तरगत संगठन विभाग प्रमुखमा कृष्णप्रसाद भुषाल र उप प्रमुखमा प्रमोद शर्मा, स्कूल विभाग प्रमुखमा अजयदीप शर्मा र उप प्रमुखमा मनोहर बुढाथोकी, प्रचार विभाग प्रमुखमा शरद अधिकारी, उप प्रमुखमा डिल्लीराज खड्का, आर्थिक विभाग प्रमुखमा विश्वराज आचार्य र उप प्रमुखमा गेहेन्द्र बस्नेत, स्थानीय निकाय विभाग प्रमुखमा हुकुमबहादुर बस्नेत र उप प्रमुखमा बसन्त चौधरी, निर्वाचन विभागको प्रमुखमा मानबहादुर रावत र उप प्रमुखमा प्रमिता चौधरीलाई जिम्मेवारी दिइएको छ । यसैगरी शिक्षा विभागको प्रमुखमा अरुणकुमार शर्मा र उप प्रमुखमा शेरबहादुर खड्का, स्वास्थ्य विभाग प्रमुखमा खिमबहादुर चौधरी र उप प्रमुखमा कमानसिंह पुन, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा प्रेमबहादुर थापा र उप प्रमुखमा ओमप्रकास सुवेदी, सहकारी विभाग प्रमुखमा सुशिला शर्मा र उप प्रमुखमा हुमा डिसी, बन तथा बातावरण विभागको प्रमुखमा अमर वली र उप प्रमुखमा चित्रबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी कानुन विभागको प्रमुखमा मनोहर बुढाथोकी र उप प्रमुखमा ताराप्रसाद अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुखमा सरोज पन्त र उप प्रमुखमा कैलाश रोका, उर्जा जलस्रोत र सिचाई विभागमा प्रमुख खर्के सुनार र उप प्रमुखमा मेघराज भुषाल, खानेपानी विभागमा भुपवहादुर केसी र उप प्रमुखमा दिनेश श्रेष्ठ, उद्योग व्यापार विभागको प्रमुखमा गेहेन्द्र बस्नेत र उप प्रमुखमा यज्ञ बहादुर केसी र प्रशासन विभाग प्रमुखमा प्रविण शर्मा र उप प्रमुखमा पदम केसीलाई जिम्मेवारी दिइएको छ ।

७. कार्यालय सचिवको जिम्मेवारी केशवकुमार न्यौपानेलाई र उप सचिवको जिम्मेवारी उमानन्द खनाललाई दिइएको छ ।

८. दाङका सवै स्थानीय तहमा दल नेता चयन गर्ने निर्णय अनुसार अध्यक्ष जितेका गाउँ तथा नगरपालिकामा अध्यक्षलाई नै सो जिम्मेवारी दिने र अध्यक्ष वा उपाध्यक्ष नजितेका गाउँपालिकामा वडाध्यक्ष मध्य बरिष्ठलाई दल नेता चयन गर्ने निर्णय भएको छ ।

९. विभिन्न ३१ वटा जनबर्गिय संगठनको एकताका लागि सम्वन्धित जनवर्गिय संगठनका अध्यक्ष र सचिव रहेको चार सदस्यीय कार्यदल बनाएर काम अघि बढाउने निर्णय भएको छ ।

१०. पार्टी एकतालाई वडादेखि अझ तल्लो तहमा लैजानका लागि अभियान संचालन गर्ने साथै साउन महिना भित्र पार्टी सदस्यता नविकरण अभियान संचालन गर्ने निर्णय भएको छ ।

११. भदौको पहिलो सातामा जिल्लामा रहेका सवै जनप्रतिनिधिहरुलाई राखेर विज्ञ समेतको सहभागिताका कार्यशाला गोष्ठि आयोजना गर्ने निर्णय गरिएको छ । यसका साथै सवै पालिकामा राजनीतिक र बैचारिक प्रशिक्षण संचालन गर्ने निर्णय गरिएको छ ।

१२. बैठकले विभिन्न समयमा पार्टीका संठठित सदस्य र आफन्तहरुको निधनप्रति शोक व्यक्त गरेको छ ।

प्रचार विभाग प्रमुख
शरद अधिकारी

Facebook Comments