• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाइप बगाउँदा एक हप्तादेखि खानेपानी अवरुद्ध, उपभोक्ताको श्रमदानमा पानी सुचारु गर्न पहल




लगातारको बर्षातका कारण कटुवाखोलामा आएको भेलले पाइप बगाउँदा घोराही १८ स्थित अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपभोक्ताहरु एक हप्तादेखि पानीविहीन भएका छन् ।


कटुवाखोलाापारिको मसिना क्षेत्रको मुहानबाट खोलाहुँदै ल्याएको पाइप बगाउँदा एक हप्तादेखि खानेपानी अवरुद्ध भएको संस्थाका अध्यक्ष बिष्णुप्रसाद भट्राइले जानकारी दिनुभयो ।

लगातारको उर्भदो भेलका कारण पाइप नभेटिदा समस्या भएकोमा शनिवार उपभोक्ताहरुले श्रमदान गरी हराएको पाइप फेला पारेका छन् ।

दुइवटा डोजर र ठूलो संख्यामा उपभोक्ता लाग्दा पाइप भेटिएको संस्थाका संस्थापक नारदमणि पोख्रेलले जानकारी दिनुभयो ।

दिनभरिको मेहनपछि पाइप भेटिएर जोड्न सफल भए पनि पुनः पाइप भाँचिएकाले खानेपानी सुचारु हुन सकेको छैन ।

आइतवार पुनः खानेपानी सुचारु गर्न पहल गरिने संस्थाले जनाएको छ । लामो समयसम्म खानेपानी अवरुद्ध हुँदा सास्ती भोगेका उपभोक्ताहरु शनिवार ठूलो संख्यामा श्रमदान गर्न मुहानमा पुगेका थिए ।

यो बर्ष कटुवाखोलामा केही बर्षयताकै ठूलो भेल आउँदा खानेपानीका संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।

यो समितिअन्तर्गत ६ सय घरधूरी उपभोक्ता रहेका छन् ।

समितिले बाह्रै महिना चौबीसै घण्टा पानी उपलब्ध गराउँदै आएकोमा पाइप बगाउँदा उपभोक्ताहरु ठूलो मारमा परेका छन् ।

साथै बर्षातको समयमा ट्यांकीमा माटो प्रवेश गर्ने र पानी धमिलो हुने अवस्था रहेको भन्दै उपभोक्ताहरुले सरकारबाट बजेट माग गरी खानेपानीको संरचना अझै भरपर्दो बनाउनुपर्ने माग पनि गरेका छन् ।
विकल्प बन्दै सार्वजनिक कुवा

यसैबीच घोराही–प्युठान सडकको पिपलचौतारा नजिक रहेको सार्वजनिक कुवा नवलपुर क्षेत्रका लागि खानेपानीको विकल्प बनेको छ ।

लामो समयसम्म खानेपानी अवरुद्ध हुँदा नवलपुर क्षेत्रका बासिन्दाका लागि यही कुवा विकल्प बनेको स्थानीय गोविन्द चौधरीले जानकारी दिनुभयो ।

यति महत्वपूर्ण भए पनि कुवा संरक्षणमा कसैको ध्यान नगएको र आफूहरुले थोरै रकम संकलन गरेर यसको नियमित मर्मत संभार गर्ने गरेको उहाँले बताउनुभयो ।

कुवाभन्दा माथिल्लो क्षेत्रमा अनियन्त्रित जग्गा प्लटिङका कारण सोतामा बग्ने पानी बाटोतिर आउँदा गत बर्षदेखि ठूलो बर्षातको बेला यो कुवा पनि डुब्ने गरेको छ ।

यो बर्ष मात्रै कुवा दुइपटक डुबिसकेको चौधरीले जानकारी दिनुभयो ।

Facebook Comments