• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बराहक्षेत्र खानेपानी समितिद्वारा पदभार ग्रहण




बराहक्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नव गठित पदाधिकारीहरु शनिवार पदभार ग्रहण गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नंं. १३ का वडाध्यक्ष रविलाल घर्तीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य तिल कुमारी बुुढाको प्रमुुख आतिथ्यतामा पदभार कार्यक्रम सम्पन्न भएको थियो । समिति गठन भएको लामो समय पछि तदर्थ समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुुन् ।

जसको संयोजकमा तारा पुुरी, सह– संयोजकमा होम बहादुुर बुढा, सचिवमा देउमन दमाई, कोषाध्यक्षमा तिर्थराज भारती रहनुुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा सिमा चौधरी, प्रेम बुढा, दिल कुुमार घर्ती मगर, एकराज भण्डारी, यमलाल पाण्डे, श्रीधर दाहाल र गिता केसी रहनुुभएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १६का कार्यवहाक वडाध्यक्ष जगत श्रेष्ठ, नेपाल कम्युुनिष्ट पार्टी ‘नेकपा’ घोराही उपमहानगरपालिका सदस्य जगत दलामी, नव गठित समितिको तर्फ समितिका सचिव देउमन दमाई, सदस्य एकराज भण्डारी र नन्दराम घर्ती लगायतकाले बोल्नुुभएको थियो ।

घोराही उपमहानगरपालिका वडा १३ वडासदस्य केशव गिरीको स्वागत मन्तव्यवाट शुुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव लिलाजित नेपालीले गर्नुुभएको थियो ।

Facebook Comments