• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइते बिपन्न दलित महिलालाई बिदेशबाट तीज खर्च




शान्तिनगर ३ माइलीपानीकी बिपन्न दलित महिला तुलसी बिकको निशुल्क उपचार भएकोमा खुशी व्यक्त गर्दै बिदेशमा बस्ने केही नेपालीहरुले तीज खर्चस्वरुप केही लत्ताकपडा दिएका छन् ।

एसएमएस अनलाइनका प्रमुख मित्रलाल पार्देको पहलमा पाँच हजार रुपैयाँ सहयोग आएको र त्यसबाट दुइ स्कूल बालबालिकालाई झोलासहित चारै जनालाई एकसरो कपडा किनेर हस्तान्तरण गरिएको अनलाइनका दाङ प्रमुख बिजय केसीले जानकारी दिनुभयो ।

‘सिस्नेमा निकै पीडादायी समाचार आएपछि मैले फेसबुक स्ट्याटसमार्फत सहयोगको लागि अपिल गरेको थिएँ– एसएमएस अनलाइनका प्रमुख मित्रलाल पार्देले भन्नुभयो– ‘सहयोग संकलन गरेर उपचार नै गर्न पनि तयार हुनुपर्छ होला भन्ने सोचेका थियौं तर गोरखा अस्पतालले निशुल्क उपचार गरेको सुन्दा खुशी लाग्यो ।’

आफ्नो आव्हान तत्काल जम्मा भएको पाँच हजार मनिग्राममार्फत एसएमएस प्रतिनिधिलाई पठाएको र पठाएको केही घण्टामै पीडितलाई लगत्ताकपडा सहयोग गरिएको उहाँले बताउनुभयो ।

जसका लागि पोल्यान्ड प्रवासी नेपाली एकता मन्चका संयोजक टंक कटुवाल, नेपाली व्यवसायी समिति पोल्यान्डका आनन्द घिमिरे र पोल्यान्ड नेपालका सुशन परियार बिसर्जनले सहयोग गरेको उहाँले बताउनुभयो ।

बिपन्न दलित महिला तुलसीको आर्थिक अवस्था निकै कष्टपूर्ण छ । छोरी दीपा कक्षा ६ र छोरा रमेश कक्षा ५ मा पढ्छन् ।

बिपन्न दलित परिवारका छोराछोरी भए पनि विद्यालयमा अन्य विद्यार्थीले सरह शुल्क तिर्नुपर्ने बाध्यता रहेको दीपा र रमेशले बताए ।

Facebook Comments