• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिपन्न दलित महिलाको गोरखा अस्पतालमा निशुल्क शल्यक्रिया: तुलसीले पाइन नयाँ जीवन




आर्थिक अभावमा उपचार पाउनबाट वञ्चित दाङ शान्तिनगर ३ माइलीपानीकी तुलसी बिकको १५ औं दिनमा शल्यक्रिया भएको छ । असार २७ गते शौचालय जाँदा लडेर बायाँ हात भाँचिए पनि उहाँले आर्थिक अभावमा उपचार गराउनसक्नुभएको थिएन ।

उहाँ उपचार नपाएर थलिएको समाचार नयाँ युगबोध दैनिक र सिस्ने अनलाइनमा आएपछि घोराहीस्थित गोरखा अस्पताल प्रालिले निशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

पत्रकार नरेन्द्र केसीको पहलमा हापुरेका पत्रकार अर्जुन परियारले साउन ९ गते विरामीलाई घोराही पुर्याउनुभएको थियो ।

उहाँले घाइते भएको ठीक पन्ध्रौं दिन शुक्रवार गोरखा अस्पताल प्रालि घोराहीमा शल्य क्रिया गरिएको अस्पताललका प्रशासक दिनेश आचार्यले जानकारी दिनुभयो ।
हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. आकाश पोख्रेल र एनेस्थेसिया डा. सुरेन्द्र कँवरको टीमले शल्यक्रिया गरेपछि तुलसीको उपचार सफल भएको छ ।

अस्पतालले शल्यक्रियाका क्रममा लागेको २५ हजार खर्च निःशुल्क गरेको छ भने खानाबस्न पनि निशुल्क गरेको छ ।

त्यस्तै गोरखा अस्पताल प्रालिकै परिसरमा रहेको सुबिना फर्माका सञ्चालन सुनिल रेग्मीले झण्डै ६ हजार बढीको औषधि पनि निशुल्क गर्नुभएको छ ।

गोरखा अस्पताल प्रालिका प्रशासक दिनेश आचार्यले वास्तविक बिपन्न विरामीको निशुल्क उपचार गर्नुलाई आफूहरुले सामाजिक उत्तरदायित्वको रुपमा लिने गरेको बताउनुभयो ।

विरामी बिकसँगै तीन छोराछोरी पनि साथमै आएका छन् ।

उनीहरु आइतवार शनिवार डिस्चार्ज भएर घर फर्कनेछन् ।

Facebook Comments