• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे उत्पादनमा बढाउन भूमेमा कृषकलाई टनेल अनुदान




रुकुमपूर्व भूमे गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०७५/०७६ मा ५ वटा साना सिंचाइ योजना र ४३ जना कृषकलाई टनेल निर्माणका लागि अनुदान दिएको छ ।

उत्पादनमा आधारित कार्यक्रम अन्तर्गतको कृषकले माग गरे अनुसारमा अनुदान दिइएको हो । साना सिंचाइ एक योजनाका लागि १ लाख ३५ हजार रुपैयाँका अनुदानमा ५ वटा कृषक समूहलाई दिइएका हुन् । त्यसैगरी एक तरकारी टनेल निर्माणका लागि ६ हजार रुपैयाँ अनुदानमा ४३ जना कृषकलाई अनुदान प्रदान गरिएको भूमे कृषि शाखाले जनाएको छ ।

साना सिंचाइ अन्तर्गत भूमे ५ सेराबाङ, भूमे ८ कोर्जा, भूमे ९ लाखरखोला त्यसैगरी भूमे ७ गुनाम र भूमे २ काँक्री गरी ५ कृषि समूहले माग गरेका अनुसार अनुदान पाएका हुन् । हिउँदे बाली तथा बेमौसमी तरकारी खेतीका लागि फाइदा मिलेको त्रिवेणी कृषि समूह काँक्रीका प्रतिनिधि धर्मराज बुढाले बताउनुभयो ।

‘नजिकको पानी त्यतिकै खेर गइराखेको थियो भने हिउँदे अन्नबाली सिंचाइ नपाएर उत्पादनकत्व ह्रास भइराख्ने समस्या पाइराखेका थियौँ’ उहाँले भन्नुभयो, ‘हिउँदे बाली लगाएकोमा खडेरीको समस्या बोक्नु परेको थियो यसले केहि समस्या टारिदिने र त्यसको साथै बेमौसमी तरकारी खेती गर्नमा समेत उपयोग गर्ने छाँै ।’

आव २०७५÷०७६ मा समग्र कृषि क्षेत्रका लागि एक करोड ४७ लाख रकम विनियोजन रहेको कृषि शाखाका प्रमुख खिमबहादुर रोकायले जानकारी दिनुभयो ।

‘यस भित्र रहेर नै उत्पादनमा आधारित कृषकलाई अनुदान, कृषि प्रचार–प्रसार कार्यक्रम, बीउबिजन वितरण, त्यसैगरी कृषि पाठशाला, कृषि समूहलाई तालिम तथा प्रशिक्षण, आधुनिकरणका लागि कृषि सामाग्री लगायत विद्युतिय घट्ट माटो शिविर, फ्रूट तथा ग्रिन करिडोरका लागि विभिन्न फलफूल तथा अन्य विरुवा लगाइराखेका छाँै’ रोकायले भन्नुभयो, ‘पालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ आगामी दिनमा पनि कृषकलाई नयाँनयाँ कार्यक्रम ल्याइदिने र जिल्लामै बृहत् कृषि तथा वन अनुसन्धान केन्द्रका रुपमा विकास भइराखेको छ त्यसले पनि भूमेका कृषकलाई कृषि गर्नमा ठूलो सहयोग पुग्ने छ ।’

साना सिंचाइ तथा तरकारी खेतीका लागि टनेल तथा आवश्यक बीउबिजन माग अनुसारका माग सम्बोधन गरिराखेकोमा कृषक स्थानीय सरकार प्रति हर्षित छन् ।

टनेलमा अहिले विभिन्न तरकारी खेती र विरुवाका नर्सरी गरी कृषक आयआर्जनमा लागेका छन् ।

यसैगरी प्रत्येक वर्ष कृषकलाई स्थानीय सरकारले आगामी दिनमा नयाँनयाँ कार्यक्रम ल्याइदिने र कृषिबाट आयआर्जन गरी सजिलै जीविको पार्जन गर्ने सक्ने सफल रुपमा यहाँका कृषक चिनिने छन् अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

Facebook Comments