• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामीले चाहेको समृद्धि सामाजिक न्यायसहितको समृद्धि हो: प्रचण्ड




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समृद्धि आफूहरुले चाहेको समृद्धि भएको बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको छौटौं स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सामाजिक न्याय बिना केही मान्छेहरु मात्र धनी हुने र बहुसंख्यक मान्छे गरीब हुने ‘सिस्टम’ले मानव जातिको कल्याण गर्नै सक्दैन । सबैले उपभोग गर्ने समृद्धिको मोडेल नेपालबाट दिन सक्नुपर्दछ ।’

अध्यक्ष प्रचण्डले साउन महिनाभित्र नै पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बसेर देशैभर अभियान सञ्चालन गर्ने घोषणा गर्नुभयोे । सरकारका कामलाई प्रभावकारी पार्दै पार्टीलाई आम नागरिकका समस्या समाधानमा केन्द्रित गर्ने उद्देश्यले देशैभर अभियान सञ्चालन गर्ने अध्यक्षको भनाई थियाे । उहाँले भन्नुभयो, ‘त्यसका लागि साउन महिनाभित्रै पार्टीको सचिवालय र स्थायी समिति बैठक बस्छ ।’

पार्टी एकतालाई अन्तिम रुप दिने र सरकारलाई प्रभावकारी पार्नेगरी अहिले पार्टीमा छलफल चलिरहेको उहाँको भनाई थियो । तत्कालीन नेकपा एकता(केन्द्र)मा एकै ठाउँमा भएको बेला आफूले कर्मचार्यको घरमै बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको उहाँले बताउनुभयो ।

‘मैले नरबहादुर कर्मचार्यकै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’, उहाँले भन्नुभयाे, ‘म युद्धमा हामफाल्दै छु भन्नेकुरा उहाँलाई थाहा थियो ।’ कर्मचार्य पार्टी, आन्दोलन, राष्ट्र र वर्गप्रति समर्पित र निरन्तर आन्दोलनमा लाग्ने व्यक्तित्व भएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले कर्मचार्य कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा रहेको र त्यसैलाई निरन्तरता दिन आफूहरु एकताको प्रक्रियामा अगाडि बढेको दाबी गर्नुभयो ।

Facebook Comments