• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मिलाेमताेमा सामुदायिक वनबाट सालको गोलिया गायब




दाङ्ग देउखुरी स्थित एक सामुदायिक वनबाट घाटगद्दी गरेर राखिएको सालको गोलिया चोरी भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समुहको बनक्षेत्र भित्र घाटगद्दी गरिएको करिब १०० क्वुफिट काठ चोरी भएको हो । जिल्ला वन कार्यालय दाङ्गको अापुर्ति समितिलाई अार्थिक बर्ष ०७३/७४ मा छुट्याईएको काठ बिहिबार २६ गते राती चोरी भएको हो । अापुर्ति समितिले बिक्रि गर्न नसकेको काठ पुनः वन समितिलाई फिर्ता अाएपछि समितिले उपभोक्तालाई वितरण गर्ने निर्णय गरेको थियो । अार्थिक बर्ष ०७५/०७६ को कटान काठ सँगै वितरण गर्ने निर्णय गरिएको उक्त काठ सामुदायिक वन वनघुस्रीमा गरिएकाे घाटगद्दी बाटै चोरी भएकाे हाे । काठ कसले र किन लगेको बारे अाफुलाई कुनै जानकारी नभएको कर्रि सामुदायिक बनका अध्यक्ष किशोरकुमार घर्तिले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार काठ वितरण गर्ने निर्णय गरेका थियौँ, अहिले काठ नै चोरी भयो अध्यक्ष घर्तिले भन्नुभयो-गाडि नै लगेर लोड गरिएको जस्तो देखिन्छ ।” उहाँले सव डिभिजन बन कार्यालयमा रिपोर्ट गरिसकेको र चाेरी भएकाे काठकाे बारेमा थप अनुसन्धान सुरु भएकाे जानकारी दिनुभयो ।

वनमा बैज्ञानिक वन व्यवस्थापन लागु भईसकेको छ । वनक्षेत्रबाटै काठो चोरी भएपछि स्थानिय कै मिलोमतोमा काठ चोरी भएको हुनसक्ने अाशँका गरिएको छ ।

Facebook Comments