• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमका बिरामीको लागि अमेरिका पुगेका रुकुमेली युवा





भनिन्छ कोही नहुनेको भगवान हुन्छ । दुख पिडा पर्दा भगवानले हेर्छन् भने जस्तै भएको छ रुकुमका विभिन्न ठाउँहरुमा ठुला रोगहरुबाट ग्रसित बिरामीहरुलाई । रुकुम सानीभेरी तथा बाफिकोटका विभिन्न क्षेत्रबाट अमेरिका पुगेका युवाहरु ठुला रोग लागेका बिरामीहरुको लागी साक्ष्यात भगवान बनेका छन् ।

ठुलो ऋणको भारी टाउकोमा बोकेर धन कमाउन अमेरीका पुगेका रुकुमेली युवाहरुले रुकुमका बिरामीहरुलाई बचाउने अभियान बनाई सबैले सक्दो सहयोग गरी उपचार गराएका थुप्रै उदाहरण छन।

रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाबाट अमेरिका पुगेका मनराज देवकोटा¸ मोहन कुसारी¸ हरी खत्री¸ बिर्ख खत्री युवराज केसी¸विजय चन्द दर्पन, राजेश के सी लगाएतका थुपै युवाहरुको अग्रसरतामा अभियानको रुपमा सहयोग रकम उठाएर पठाउने गरेका छन् ।

वाँफिकोट ८ का मृगौला पिडित रविन्द्र बाँठालाई रु ४ लाख¸ सानीभेरी गाउँपालिका वडा नं ५ का ब्रेन ट्यूमरबाट पिडित लालबहादुर खड्का लेकाली लाई रु ७ लाख १७ हजार¸बाफिकोटका मुटुरोगबाट पिडित कालिपारे कामीलाई ३ लाख ५५ हजार¸ बाफिकोटका बेगम खत्रीलाई १३ लाख ¸ सानीभेरी गाउँपालिका ९ का कृष्ण ओलीलाघ १लाख ५० हजार रकम उठाएर पठाइसकेको सहयोग अभियानमा लागेका मनराज देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले सानीभेरी ७ सिम्लीका क्यान्सर रोगबाट पिडित धर्मबहादुर ओलीलाई सहयोग रकम उठाउने काम भैरहेको र हाल सम्म रु २ लाख जति रकम उठिसकेको बताउनु भयो । हाल सम्म बिरामीको उपचारमा मात्रै रु ३० लाख भन्दा बढी रकम सहयोग उठाएर पठाइएको सहयोग अभियान्ता देवकोटाले बताउनुभएको छ ।

Facebook Comments