• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा सानीभेरी गाउँपालिका अध्यक्षमा पुन




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सानीभेरी गाउँपालिकाको प्रथम एकता वैठक सम्पन्न भएको छ ।

बैठकले टेक बहादुर पुन (छाया) को अध्यक्षतामा ७५ सदस्यिय गाउँ कमिटी गठन गरेको छ । जसको सचिबमा मनविर घर्ती रहनुभएको छ । पूर्व माओबादीबाट ४९ जना र पुर्व एमालेबाट २६ जना सदस्य गाउँकमिटिमा सिफारिस गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला सचिब बिमल पुनले गाउँकमिटिमा सिफारिस भएका सदस्यहरुको नाम वाचन गरेपछी जिल्ला अध्यक्ष गोपाल शर्मा (अनल) ले पद तथा गोपिनिएताको सफत ग्रहन गराउनुभएको थियो । सफत ग्रहन पछी नव निर्वाचित अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा बैठक संचालन गरिएको हो ।

बैठकको प्रमुख अतिथित्यता जिल्ला इन्चार्ज राजकुमार शर्माको रहेको थियो भने जिल्ला सह इन्चार्ज बसन्त शर्मा¸शेरबहादुर केसी¸ जिल्ला अध्यक्ष गोपाल शर्मा¸ जिल्ला सचिब बिमल पुन¸ प्रदेशकमिटिका सदस्यहरु तथा जिल्ला कमिटिका सदस्यहरको आतिथ्यता रहेको थियो ।

बैठकले श्रावन १० गते देखि २१ गते सम्म सानिभेरी गाउँपालिकाका ११ वटै वडामा वडा कमिटि गठन गर्ने निर्णय गरेको छ ।

Facebook Comments