• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुटपाटका दुई आरोपीलाई ज्यान मार्ने उद्योगको मुद्दा




लुटपाटका २ अभियोगीलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३२ गते रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट सेर्खा भन्ने ठाउँमा आमाछोरीलाई दिउँसै लुटपाट गरेका २ अभियोगीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार, बहुमूल्य जडिबुटी यार्सा टिपेर पाटनबाट फर्कंदै गर्दा पुथा–१, मैकोटकी ३८ वर्षीया जुनकुमारी पुन र उहाँकी छोरी १५ वर्षीया रश्मी पुनलाई कुटपिट गरी लुटपाट गरेका थिए ।

पुथा–१, मैकोटका २७ वर्षीया अमर पुनमगर र उदयपुर ख्याटुङका २० वर्षीया लक्ष्मण मगर लुटपाट गरेर फहार रहेका थिए ५ गते काठमाण्डौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

‘काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई जिल्लाबाटै ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ’ प्रहरी निरीक्षक सुनारले भन्नुभयो, ‘कुटपीट गरी आमाछोरीबाट नगद १ लाख ५ हजार रुपैयाँ, आधा टोला सुनको टप, ५ टोला चाँदीको बाला र सिम कार्ड सहितको सामसुङ्ग ग्यालक्सी जेथ्रि मोवाईल लुटी फरार रहेका थिए ।’

प्रहरीले उनीहरुको साथबाट नगद बाहेक बाँकी सामाग्री बरामद गरेको छ ।

लुटेराको कुटपीटबाट आमाछोरी गम्भीर घाइटे भएको अवस्थामा हेलिकप्टरमा उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको थियो ।

काठमाण्डौंस्थित शिक्षण अस्पतालमा उपचारपछि दुवै आमाछोरी जिल्ला फर्किसकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

Facebook Comments