• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोटका महिलालाई सीपसँगै ५ लाख १० हजार अनुदान




राष्ट्रपति महिला उत्थान जिविको पार्जन सुधार कार्यक्रम अन्तरर्गत रुकुम पूर्वमा महिला उद्यमिहरु लाई आर्थिक अनुदान सहयोग गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा न ५ र ६ का लक्षित वर्गका ३० जना कुखुरा पालन ब्यबसाय गरिरहेका तथा गर्न सक्षम देखिएका महिला उद्यमिहरुलाई आर्थिक अनुदान सहयोग गरिएको हो ।
महिला तथा बालबालिका बिभाग पुलचोक ललितपुरको आर्थिक सहयोग र रुकुमकोट महिला बहुउद्देश्यीय सहकारि सँस्था लिमिटेड रुकुमकोटको आयोजनामा कुखुरा पालन सम्बन्धि सिप संगै प्रति व्यक्ति १७ हजारका दरले ३० जना महिलालाई ५ लाख १० हजार रुपैया अनुदान रकम सहयोग गरिएको सहकारि संस्थाकि अध्यक्ष सुसिला दाहालले जानकारि दिनुभयो ।

सहकारि संस्थामा आबद्ध विपन्न,गरिव,असाय, उद्यमशिल तथा सुनौला हजार दिनका महिला दिदीबहिनीलाई स्थानिय स्तरमा उद्यम ब्यबसायमा संलग्न गराई आर्थिक रुपमा सक्षम बनाउनुको साथै गरिवी न्यूनिकरण गर्ने उद्देश्यले उक्त्त महिलालाई छनौट गरि अनुदान रकरम सहयोग गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

सहकारि संस्थाको कार्यालय रुकुमकोटमा एक कार्यक्रमको आयोजना गरि सिस्ने गाँउपालिका अध्यक्ष कुमारि बराल र उपाध्यक्ष गोबरधर्न बुढाले संयूक्त रुपमा अनुदान सहयोग रकम वितरण गर्नु भएको थियो ।

चुलो चौकोमो मात्र सिमित रहेका तथा निर्वाह मुखि पेसा अंगालिरहेका महिलाका लागि ब्यबसायिक रुपमा कुखुरा पालन ब्यबसाय सञ्चालन गर्न यो अनुदान रकमले ठुलो सहयोग गर्ने सिस्ने गाँउपालिका अध्यक्ष कुमारि बरालले विश्वास ब्यक्त गनुभयो ।

त्यस्तै अनुदान रकम वितरण कार्यक्रममा बोल्दै गाँउपालिका उपाअध्यक्ष गोबरधन बुढाले अनुदान रकम पाएका महिलाले उक्त अनुदान रकम कुखुरा पालन ब्यबसायमा खर्च गरे नगरेको नियमित रुपमा अनुगमन गर्न तथा नगरेको पाएमा त्यस्ता ब्यत्तिलाई कार्वाहि गर्न सहकारि संस्थाकि अध्यक्ष दाहाललाई निदेशन दिनुभयो ।

राष्ट्रपति महिला उत्थान जिविको पार्जन सुधार कार्यक्रम बाट कुखुरा पालन सम्बन्धि सिप बिकास तालि संगै थोरै भए पनि अनुदान रकम पाएकोमा खुसि हुदै सिस्ने गाँउपालिका ५ कि शोभा हमालले आफुहरुलाई कुखुरा पालन ब्यबसायमा ब्यबसायिक रुपमा लाग्न थप हौसला प्रदान गरेको जानकारि दिनुभयो ।

रुकुमकोट महिला बहुउद्देश्यीय सहकारि सँस्था लिमिटेड रुकुमकोटले बिभिन्न सरकारि तथा गैरसरकारि संघ संस्था संग सहकार्य गरेर पछि परेका महिला उद्यमिहरु लाई बिभिन्न सिपमुलक तालिमको साथै आर्थिक अनुदान प्रदान गर्दै आएको छ ।

Facebook Comments