• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भेरी नदीको उच्च जोखिममा रजेला बस्ती




रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं १ को रजेला वस्ति भेरी नदिको उच्च जोखिममा रहेको छ ।

मध्यपहाडी लोकमार्गको छेउमा रहेको रजेला वस्ती तथा आसपासका खेतहरु नदिले कटान गर्न थालेपछी रजेला बासी चिन्तित बनेका छन् ।

सानीभेरी नदी र ठुलीभेरी नदि मिलेर बनेको भेरी नदीको बहाव आफ्नो बस्ति तिर मोडिदा रातिमा निन्द्रा समेत नलाग्ने बताउछन सानीभेरी १ रजेलाका चित्रबहादुर आले मगर । हाम्रो अन्त जाने र बस्ने कुनै ठाउँ छैन नदिले जग्गा जमिन र घर सबै लिन आँट्यो धेरै जमिन नदिले कटान गर्दै घरहरु सम्म पुग्न थाल्यो सुकुम्बासी भइने हो कि भन्ने डर छ भन्नुहुन्छ पिडित आले मगर ।


निर्माणाधिन मध्यपहाडी लोकमार्गमा आवश्यक पर्ने गिट्टी, बालुवा र ढुंगा ठेकेदार कम्पनीले उठाउदा नदी आफ्नो बस्ति तिर ढल्किएको रजेला बासीको आरोप छ । ठेकेदार कम्पनीका कारणले नदि बस्तितिर आएको र डोजर प्रयोग गरी नदी अर्को क्षेत्रमा ढल्काउन वडा अध्यक्ष टेक बहादुर पुन र रजेला बासीको आग्रह अनुसार कम्पनीले डोजर लिएर नदी ढल्काउने प्रयास गरेपनि पनीको बढ्दो बहाबका कारण ढल्काउन नसकेको वडा अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो ।

नदी कटान रोक्न यो भन्दा पहिले नै तटबन्धन निर्माण गरिएको भएता पनि सानो खालको तटबन्धन भएकाले नदिलाई छेक्न सकेको छैन । नदि कटान रोक्ने प्रयास पछी कर्णाली प्रदेश सरकारबाट रु १ करोड बिनियोजन गरीएको वडा अध्यक्ष पुनले बताउनु भयो ।

तटबन्धनका लागि रकम बिनियोजन त गरियो तर तुरुन्त काम अघि बढाइएन भने यस वर्षको वर्षामै नदिले वस्ती बगाउने जोखिम देखिन्छ भन्नुहुन्छ अध्यक्ष पुन । करिब २ रोपनी खेत नदिले बगाएपछी करिब १ विगाहा जग्गा नदिले कटान गर्ने डरले धान नै नरोपेर जग्गा बाझो राख्ने बाध्यता रहेको रजेला बासीको भनाई रहेको छ ।

Facebook Comments