नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतीय राजदूत भेटेको अनर्गल समाचार लेखेको भन्दै प्रेस काउन्सिलमा उजुरी परेको छ । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले उजुरी दिनुभएको हो ।
यस्तो छ उजुरीको विवरण
झुट्ठा एवम कपोलकल्पित समाचार सम्प्रेषण गर्ने पत्रिका एवम पत्रकारलाई कारवाही गरी पाउँ ।
============================================
श्री प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम
तिलगंगा÷काठमाडौँ
मितिः २०७६/०४/०६
दर्ता नं. ४६, प्रेशकाउन्सिल, सञ्चारग्राम, तिलगङ्गा
विषयः झुट्ठा एवम कपोलकल्पित समाचार सम्प्रेषण गर्ने पत्रिका एवम पत्रकारलाई कारवाही गरी पाउँ ।
उपरोक्त सम्बन्धमा म निवेदक नेपाल कम्युनिष्ट पार्टी (मसाल) को प्रवक्ता हुँ । माननीय दुर्गा पौडेल हाम्रो पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाबाट नेपालको प्रदेश नं. ५ को प्यूठान जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको सांसद हुनुहुन्छ ।
केही दिन पहिले प्यूठानका नेपाली काङ्ग्रेसका नेता गोविन्द पोख्रेलको छोराको विवाहको निमन्त्रणामा ललितपुरको एउटा पार्टी प्यालेसमा उहाँ (दुर्गा पौडेल) र उहाँकाश्रीमान का. मोहन विक्रम सिंह सहभागि हुनु भएको थियो । उक्त कार्यक्रममा भारतीय राजदूत पनि सहभागि भएका रहेछन् । उनीसँग उहाँहरू (का. दुर्गा पौडेल र का. मोहन विक्रम सिंह) को देखादेखमात्र भएको रहेछ । तर कुनै कुराकानी चिना परिचय भएको रहेनछ ।
त्यही विवाह भोजको उपस्थितिमा गलत अर्थ लाग्ने गरी फोटो लिई उक्त फोटोलाई पत्रकारिताको आचार संहिताको सामान्य मर्यादालाई कत्तिपनि ख्याल नगरी नियतबस क्रितिम तरिकाले सृजना गरि उक्त तथ्य हिन बनावटी समाचारलाई पुष्टि गर्ने प्रयत्न गरिएको युनाईटेड पोष्ट साप्ताहिक काठमाडौँ जि.का. द.नं. ४९९÷०७०÷०७१ वर्ष ६ अङ्क ७, २०७६ साउन २ गते विहिबार प्रकाशित गरिएको पत्रिकाको पहिलो पेजको शिर्ष समाचारमा “अर्ध भूमिगत नेता सिंहद्धारा भारतीय राजदूतसँग गोप्य वार्ता” भन्ने शिर्षकको झुट्टा, काल्पनिक, निराधार एवम असत्य कुराले भरिएको समाचार मुलक लेख प्रकाशित गरिएको रहेछ ।
सर्व प्रथमतः म, का. दुर्गा पौडेल, का. मोहन विक्रम सिंह र हाम्रो पार्टीको मान सम्मानमा जघन्य आँच पुग्ने गरी कपोलकल्पित, झुट्ठा, वनावटी एवम सृजित लेख्र प्रकाशित गर्ने सम्पादक प्रति गम्भिर आपत्ति प्रकट गर्न चाहान्छु ।
उक्त लेखमा लेखिएको छ ः “राजदूत पुरी सँगको भेटमा महामन्त्री सिंहसँग उनकी कान्छी पत्नी एवम सांसद दुर्गा पौडेल पनि साथमा थिइन ।”
तर पत्रिकालेदुर्गा पौडेलको उपस्थिति देखाउँदैन । देखाउन सक्ने अवस्था पनि रहेन ।
उक्त लेखमा रहेका वाक्यमा भनिएको छ, “भारतबाट आयात हुने विषधियुक्त तरकारीको विषयमा विज्ञप्ती जारी गरेर आलोचना गरेका महामन्त्री सिंहले त्यसको तीन दिनपछि भारतीय राजदूत पुरीलाई गोप्यरूपमा भेट गरेका हुन ।”
यसै गरी “स्रोतका अनुसार अब बन्ने नयाँ सरकारमा जनमोर्चाका सांसद समेत रहेकी महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेललाई मन्त्री बनाउने विषयमा कुराकानी भएको थियो । राजदूत पुरीले स्पष्टरूपमा केही नभने पनि मौन समर्थन जनाएको स्रोतको दावी छ । ”
“प्यूठान जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित पौडेललाई मन्त्री बनाउन पति सिंहले विभिन्न तिगडमहरू गर्दै आएका छन् । यो घोर आपत्तिजनक वाक्य छ ।
“केपी ओली प्रधान मन्त्री बन्ने बेला पनि महामन्त्री सिंहले पत्नीलाई मन्त्री बनाई दिन आग्रह गरेका थिए । तर ओलीले त्यस बेला तत्काल मन्त्री बनाउन नसक्ने जबाफ दिएका थिए । अर्को पटक मन्त्री बनाउने आश्वासन ओलीले सिंह र उनकी पत्नी पौडेललाई दिएका थिए ।” यो पुरै कपोल कल्पित र निराधार समाचार हो ।
एकातर्फ हाम्रो पार्टीको सरकारमा जाने नीति खुला भएतापनि वर्तमान सरकारमा सामेल हुने हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन । त्यसैले वर्तमान सरकारमा जानका लागि प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले कुनै प्रयत्न गर्ने प्रश्न नै आउँदैन । अर्कोतर्फ प्रधानमन्त्री ओलीसँग उनी प्रधानमन्त्री भएपछि मोहनजीको भेट नै भएको छैन ।माथि उल्लेखित भएको वाक्य पत्रकारको अडकल, अनुमान र कल्पना मात्र हो । यो प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचार संहिता, २०७३ को पूर्ण विपरित छ ।
समाचारको शिर्षकमा नै उल्लेख गरिएको छ, गोप्य वार्ता, विवाहको पार्टीमा गोप्य वार्ता हुन सक्छ ? यो विल्कुलै झुट्टा छ, काल्पनिक छ, सृजित छ । कुनै पनि तथ्यले यो कुरा पुष्टि हुन सक्दैन ।
त्यसै गरी उक्त लेखमा लेखिएको छः “बाहिरी रूपमा भारतको चर्को आलोचन गर्दै आएका महामन्त्री सिंहले भारतीय राजदूत पुरीसँग भेट गर्नुलाई रहस्यको रूपमा हेरिएको छ । दिनभरि भारतको विरोध गर्ने कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरू समेत राति राति भारतिय उच्च अधिकारीहरूसँग भेटेर व्यक्तिगत लाभका कुरा गर्ने परम्परा नयाँ होइन । .. दोहोरो चरित्र देखाउने गरेको आरोप छ । नेपालका राजनीतिक दलका धेरै नेताहरूले अहिले पनि लैनिचौरमा रहेको भारतिय राजदूतावासबाट महिनावारी तलव भत्ता बुझ्ने गरेको आरोप छ ।” भन्ने जस्ता एक दमै तल्लो स्तरका शब्दको प्रयोग गरी गाली गलौच एवम मान हानी हुने काम गरिएको छ ।
यस किसिमका वाक्य एवम वाक्याँसको प्रयोग गरिएको लेखबाट अत्यान्तै गम्भिर प्रकारले हाम्रो पार्टी र उहाँहरूको मान मर्दन गर्ने काम भएको छ ।
aarthika news विहिवार साउन २, २०७६ र रिपव्लिका दैनिक समेतका अनलाई पत्रिका र त्यसका सम्पादक समेतले विहिवार साउन २, २०७६ मै एकै मिलानका झुट्ठा समाचार उनीहरूको अनलाइन मार्फत प्रकाशित गरेका छन् । यो समाचार विभिन्न सामाजिक सन्जालमा व्यापकरूपमा प्रचार प्रशार भएको छ । यसले हामी र हाम्रो पार्टीको अत्यान्त गम्भिर प्रकारको मानहानी हुन गएको छ ।
हाम्रो पार्टीको राजनीतिक मूल्य र मान्यतामा अपुरणीय क्षति पुर्याउने प्रयत्न गरिएको छ । यीमाथि उल्लेख भएका उक्त लेखमा लेखिएका वाक्यबाट उहाँहरू एवम पार्टीको अस्तित्व नै मेटाउने गरी झुट्ठो आरोप र लान्छाना लगाई कहिल्यै नउठने गरी जनताको सामु नग्याउने प्रयत्न भएको छ । यो एक उच्च अनुशासित, सिद्धान्तमा अडिग, उच्च मूल्य र मान्यता बोकेकोे पार्टीको अहिलेसम्म कमाएको अस्तित्व र जनविश्वासमा अपुरणीय पुर्याउने काम गरिएको छ ।
अतः यो गम्भिर विषयमा जथाभावी कलम चलाउने उक्त पत्रिका यूनाइटेड साप्ताहिकका प्रकाशक÷सम्पादक सुशिल न्यौपाने, aarthika news विहिवार साउन २, २०७६ र रिपव्लिका दैनिक विहिवार साउन २, २०७६ समेतका अनलाइन पत्रिका र त्यसका सम्पादक समेतले एकै मिलानका झुट्ठा, काल्पनिक एवम वनावटी तथ्यको आधारमा लेख प्रकासन गर्दा प्रेस काउन्सिल ऐन २०४८ को दफा १२, पत्रकार आचारसंहिता, २०७३ को दफा ४ को उपदफा (३), (६), दफा ५ को उपदफा (१), (२) को खण्ड (२) उपदफा (७) र उपरोक्त उल्लेखित अनलाइनको हकमा दफा ५ को उपदफा (१४) समेतको खिलापमा कार्यहरू भए गरेका र यि कार्यहरू यसै संहिताको दफा ६ को उपदफा (७) को अवस्था समेत विद्यमान भएकोले निजहरूलाई कानूनले हुने हदै सम्मको कारवाही गरी पाउँ ।
संलग्न कागजातहरूः
१.यूनाइटेड पोष्ट साप्ताहिक पत्रिकामा प्रकाशित उक्त काल्पनिक समाचारको प्रतिलिपी ।
२.विभिन्न अनलाइनमा प्रकाशित उक्त काल्पनिक लेखको प्रतिलिपी ।
३.राष्ट्रिय जनमोर्चाकोतर्फबाट दुर्गा पौडेलको उक्त समाचारको खण्डनको प्रतिलिपी ।
४.नेपाल कम्युनिष्ट पार्टी (मसाल) कोतर्फबाट प्रवक्ता रामप्रकाश पुरीको उक्त समाचारको खण्डनको प्रतिलिपी ।
उजूरीकर्ता
नामः रामप्रकाश पुरी
प्रवक्ता नेपाल कम्युनिष्ट पार्टी (मसाल)
हस्ताक्षरः
फोन÷मोबाईलः ९८४७८६९१९८
इमेलः rpp2029@gmail.com


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।