• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आधा घण्टामै रोपियो– बगरभरि १५ हजार बिरुवा




दाङमा बगरलाई वनको रुपमा विकास गर्न बृक्षारोपण अभियान थालिएको छ ।

डिभिजन वन कार्यालयले यस बर्ष बगरलाई बन बनाउने कार्यलाई अभियानकै रुपमा अघी बढाइएको हो । डिभिजन वन कार्यालय दाङले स्थानीय सामुदायिक वन समूहको अग्रसरतामा स्थानिय सरकारलाई समेत सहभागि गराई बृक्षरोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवलीले जानकारी दिनुभयो ।

यो बर्ष धेरै स्थानमा तारबार सहित बृक्षरोपण गरिएका कारण संरक्षण पनि हुने विश्वास डिभिजन वन कार्यालय दाङको छ । डिभिजनल वन अधिकृत ज्ञवालीका अनुसार यसबर्ष दाङमा ६० विगाह क्षेत्रफलमा बिरुवा रोपिएको छ । घोराही क्षेत्रमा मात्रै ३० बिगाहमा बृक्षारोपण भएको उहाँको भनाई छ । हरियाली प्रर्बद्धन सँग कुनै पनि खाली क्षेत्रलाई उपभोगमा ल्याउन नदि किनारमा बृक्षारोपण अभियान थालिएको उल्लेख गर्नुभयो ।

यस बर्ष नयाँ वन समूहका रुपमा हस्तान्तरण गरिएको घोराही उपमहानगरपालिका वडा नं ५ स्थित खैराकचिला सामुदायिक वन समूहको बबइ नदीको बगर क्षेत्रमा आज सोमवार एकै पटक १५ हजार बिरुवा लगाइएको हो । खयर, सिसौ, मसला, टिक, बकाइनो, अमला, टटेलो,बाँस,आप लगायतका बिरुवा लगाइएको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।

अभियानकै रुपमा अघी बढाउनका लागि बिरुवा रोप्ने खाडल, आवश्यक मल र माटो चाहिने उपकरण, तारबार लगायतका काम केहिदिन अघिदेखि नै तयारी गरिएको थियो । बृक्षरोपण कार्यक्रममा करिव ७ जनाको सहभागिता रहेको थियो । उनीहरुले एकै साथ बिरुवा लगाएका थिए ।

करिव ९ हेक्टर अर्थात करिव १४ बिगाह बगर क्षेत्रलाई तारबार गरी बिरुवा रोपिएको हो । करिव साढे ८ लाख रुपैया खर्च गरेर तारबार गरिएको थियो ।

वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आँपको बिरुवा रोपेर १५ हजार बिरुवा रोपणको अभियान थालिएको हो ।

बृक्षरोपण कार्यक्रममा द ब्रेभ गोर्खा दाङ, द स्यालुट गोर्खा दाङ र लोटस ट्रेनिङ सेन्टर दाङका प्रशिक्षार्थीहरुको बिषेश सहभागिता रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बृक्षरोपण कार्यक्रममा वन उपभोक्ता समुह, जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, निजामती कर्मचारी सहित एक हजार जनाले बिरुवा रोपेका हुन् ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रहरी प्रमुख बेलबहादुर पाण्डे, डिभिजनल वन अधिकृत दिपक ज्ञवाली सहितका व्यक्तिहरु समेत बृक्षारोपणमा सहभागि हुनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले हराभरा सहित व्यवसायीक ढंगले फाईदा हुने बिरुवाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बर्षेनी हजारौ बिरुवाहरु रोपिदै आएको तर संरक्षण नहुदा लगानी खेर गैरहेको भन्दै स्थानियहरुलाई संरक्षण लाग्न सुझाब दिनुभयो । वनलाई जनताको आर्थिक सुधार र पर्यटन सँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । खैरा कचिला वन समुहका सचिव पुष्पा वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सचिब लक्ष्मण अधिकारीले गर्नुभएको थियो

Facebook Comments