• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेन शिक्षालयका स्वास्थ्य कार्यक्रम थपिने संभावना बढ्यो, प्रयोगात्मक अभ्यासका लागि प्रदेश सरकारको अनुमति




सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा यो शैक्षिकसत्रदेखि सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रयोगात्मक अभ्यासका लागि प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई अनुमति दिएको छ ।

डिप्लोमा तहका स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सरकार अस्पताल चाहिने भएकाले त्यसका लागि शिक्षालयले प्रदेश सरकारसँग माग गरेको थियो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले प्रयोगात्मक अभ्यासका लागि सहयोग गर्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई पत्राचार गरिसकेको मन्त्रालयले स्रोतले जनाएको छ ।

अब अस्पतालले निर्णय गरेपछि दुबै संस्थाबीच सहमति हुनेछ ।

सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयले यो शैक्षिकसत्रदेखि फार्मेसी कक्षा सञ्चालन गर्ने अनुमति पाइसकेको छ भने अस्पतालसँग प्रयोगात्मक अभ्यासको सहमति भएपछि यही बर्षदेखि स्टाफ नर्स, ल्याव र एचएको कक्षा सञ्चालन गर्ने तयारी पनि गरिएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

यसैबीच सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको क्षेत्र विस्तारका लागि घोराही उपमहानगर १२ स्थित मावि रतनपुर विद्यालयसँग छलफल भएको छ । यो विद्यालयले जग्गा उपलब्ध गराएमा शिक्षालयले बाली विज्ञान हापुरमा पढाउने तयारी गरेको छ ।

अध्ययनसँगै खेतीपातीको प्रयोगात्मक अभ्यास पनि गर्नुपर्ने भएकाले शिक्षालयले क्षेत्र विस्तार गर्न खोजेको जनाएको छ । सो क्षेत्रको विकासका लागि प्राविधिक कलेजको शाखा स्थापनाले सहयोग पुग्ने स्थानीयले बताएका छन् ।

Facebook Comments